इन्डोनेशीयामा जहाज समुन्द्रमा खस्दा १ सय ८९ कै मृत्यु (९ तस्वीर)

48 Hits

जकार्ता, एजेन्सी ।
इन्डोनेसियामा भयानक विमान दुर्घटना भएको छ जसमा १ सय ८९ जनाको  मृृृृत्युु भएको  अनुमान गरिएको छ । सोमबार एउटा यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुदा त्यसमा सबार सबैको निधन भएको आशंका गरिएको हो ।
इण्डोनेसियाको लायन एयरको बोइङ ७३७ बिमान उडेको केही बेरमा दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८९ जना यात्रु रहेको त्यहांका सुरक्षा अधिकारीले जानकारी दिएका छन ।

राजधानी जकार्ताबाट पाङकाल पिनाङ बिमानस्थलको लागि उडान भरेको जहाज उडेको १३ मिनेटमा बिमानको राडारको सम्पर्कबाट टुटेको थियो । जहाज वेपत्ता भएपछि खोजी गर्दा जहाज समुद्रमा खसेको पुष्टि त्यहांको आपतकालिन केन्द्रले गरेको थियो । जाकर्ता नजिकै रहेको समुन्द्रमा खसेको उक्त जहाजबाट चुहिएको तेल समुन्द्रमाथि तैरिएको दृष्य देखिएको थियो ।

सोमबार सांझतिर केही शव समुन्द्रमा देखिएपछि द्धारकर्ताहरुले शव शंकलन गरेका थिए । उडान नंम्वर जेटी–६१० को सो बिमान १७९ जना वयस्क, एक जना शिशु, दुई बालबालिका, दुईजना पाइलट र पाँचजना चालक दलका सदस्य रहेको इन्डोनेसियाली अधिकारीहरुले जानकारी दिएका छन् ।

खोज तथा उद्धार निकायका कार्यसम्पादन निर्देशक बामबान्ग सुर्योले दुर्घटनाग्रस्त बिमानमा सवार यात्रु एवं बिमानको अवशेषको खोजीलाई तीव्र बनाइएको जानकारी गराएका बीबीसीले जनाएको छ । निर्देशक बामबान्गले राडारसंग बिमान सम्पर्क बिच्छेद भएपछि विमान चालककले विमानलाई जाकार्ताको सोएकार्नो –हात्ता विमानस्थलमा फर्काउने प्रयास गरेको तर बिमान बिमानस्थल पुग्नु अघि नै जाभा समुन्द्रमा खसेको बताइएको छ ।

विमानमा सवार व्यक्तिहरुका आफन्तहरु जाकार्ताको हालिम पर्दानाकुसुमा विमानस्थलको विपत्ति केन्द«मा उत्सुकताका साथ खवरको पखाईमा बसेका छन् । उनीहरु सबै विलौना गरिरहेको संचारमाध्यमहरुले सार्वजनीक गरेका तस्वीरहरुमा देखिन्छ।
इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी पनि सो बिमानमा सवार रहेको वीवीसीले जनाएको छ ।
दुर्घटनाका श्रृंखला

गत अगष्टमा पूर्वी इन्डोनेसियामा भएको हवाई दुर्घटनामा आठ जना मारिएका थिए । अगष्ट २०१५ मा भएको अर्को दुर्घटनामा बिमानमा सवार सबै ५४ जनाको मृत्यु भएको थियो । त्यस्तै २०१४ मा एयर एसियाको बिमान दुर्घटनाग्रस्त हुँदा १६२ जनाको ज्यान गएको थियो । इन्डोनेसियामा सञ्चालनमा रहेको लायन एयर बजेट एयरलाइन्स हो ।

Loading...

Related News

इन्डाेनेशियामा भुकम्प : ३८४ काे ज्यान गयाे

जाकार्ता, १४ असोज । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ३८४ व्यक्तिको मृत्यु…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी