मेलम्चीका गाडीहरू तत्काल फिर्ता गराउन मन्त्री मगरले गरिन् निर्देशन

106 Hits

काठमाडौं, १३ कार्तिक ।

खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी विकास समितिका नाउँमा रहेका र अन्यत्र प्रयाेग भइरहेका विभिन्न गाडीहरु तत्काल फिर्ता गर्न सम्वन्धितलाई निर्देशन  गरेकी छिन् ।

मेलम्चीका गाडिहरू अन्यत्र प्रयोग भइरहेको विषयमा केही मिडियामा आएको समाचारप्रति अाएपछि उनले साे निर्देशन दिएकी हुन् ।

खानेपानी मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले साेमबार मन्त्रालयमा बैठक राखेर निर्देशन गरेकी सचिवालयले जनाएकाे छ  ।

आयोजनाका गाडीहरु अन्यत्र प्रयोग भएको भन्ने समाचार आएपछि मन्त्रालयले प्रयोग भएका ती गाडीहरु फर्काउने तयारी गरेकाेे छ  ।

मन्त्रालयको सोमबार बसेको बैठकले मेलम्चीको नाउँमा रहेका गाडीहरु फर्काउने प्रक्रियामा मन्त्रालय अघि बढ्ने भएको छ। राजनीतिक र अन्य प्रभावका आधारमा मेलम्ची खानेपानी आयोजनाका गाडी अन्यत्र प्रयोग भएको सन्दर्भमा खानेपानी मन्त्री बीना मगरले चासो दिएकी थिइन् ।

समितिका अनुसार प्रधानमन्त्री कार्यालयमा मेलम्चीका दुई वटा गाडी प्रयोग भएका छन् ।

बा १ झ ८९९५ को ल्याण्ड क्रुजर र बा १ झ ८७५९ नं।को प्राडो जिप प्रधानमन्त्री कार्यालयमा प्रयोग भएका हुन् भने बा ८ च ६७६० नं. को प्राडो जिप सहरी विकास मन्त्रालयमा रहेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणमा प्रयोग भईरहेको मेलम्ची आयोजनाको बा १झ ८७६३ नं. को प्राडो गाडी र बा १ झ ५१८४ नम्बरको टोयोटा कोरोला कार समेत फिर्ता ल्याउन मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

त्यस्तै शहरी विकास मन्त्रालयमा प्रयोग भईरहेको बा १ झ ७१९४ नं को मारुती कार र क्षेत्रीय प्रशासन कार्यालय हेटौंडामा प्रयोग भईरहेको बा ४ च १५०३ नं। को गाडी समेत फिर्ता ल्याउने प्रक्रिया मन्त्रालयले अघि बढाउन लागेको छ ।

खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाका गाडी अन्यत्र प्रयोग भइरहेको भन्ने विषयप्रति आफ्नो गम्भीर चासो र ध्यानाकर्षण भएको जनाएकी छन् ।

Loading...

Related News

तराईका २२ जिल्लामा शुद्ध खानेपानी दिने मन्त्री बीना मगरको यस्तो योजना

नवलपरासी, २७ असोज– खानेपानी मन्त्री बीना मगरले तराईका २२ जिल्लामा शुद्ध खानेपानी दिलाउने प्रतिवद्धता ब्यक्त गरेकी छिन् । उनले ती…

पाेखरामा ५ अर्बकाे पानी शुद्धीकरण अायाेजना, ललितपुरमा वाटर एटीएम

 काठमाडौ , २२ असोज । खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी संस्थानको सक्रियतामा जापनिज नियोग जाईकाले पोखराको मादी खोलालाई पूर्ण प्रशोधन गरी…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी