प्रहरी निरिक्षक चाैलागाईं यसरी भए “पुलिस अफ द मन्थ” ?

78 Hits

सुनसरी, १२ कात्तिक –

तपाईंको सफलतामा सबैभन्दा खुशी काे हुन्छ ? सायद तपाईं नै हाेला त्यस्तै भएकाे छ  प्रहरी निरीक्षक बुद्धिराम चौलागाईलाई । चाैलागाईं ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन् । इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत चौलागाई ०७५ असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका हुन् ।

इटहरीमा चौलागाईले चोरी, लागुऔषध, फरार प्रतिवादी पक्राउ एवम अपराधिक कार्यमा संलग्न व्यक्तिको पहिचान गरि कानुनी दायरामा ल्याउन सफल भएको भन्दै घोषित एवम सम्मान गरिएको हो ।

उनले इटहरीको शान्ति सुरक्षामा सर्वसाधरणलाई सुरक्षाको अनुभुति हुने गरी आफ्नो कर्तव्य निर्वाह निर्वाह गरेका थिए । उनलाई प्रहरी संगठनको छवि उच्च बनाइएको भन्दै सम्मान गरिएको  सम्मान पत्रमा उल्लेख गरिएको छ ।

चौलागाई तिन महिना अघिमात्र इलाका प्रहरी कार्यालय दमकबाट इटहरी आएका हुन् ।  प्रहरीको काम कारबाहीलाई प्रोत्साहन गर्ने उदेश्यले जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रत्येक महिनाको उत्कृष्ट एक जना प्रहरीलाई ‘उत्कृष्ट प्रहरी’ घोषित गदै आएको छ ।

प्रहरीले हिजाे मात्रै समुदाय – प्रहरी साझेदारी अभियान सुरूवात गरेकोे थियाे ।

Loading...

Related News

जाेसुकै भएपनि दोषी उम्किँदैनन्, निर्दोष फस्दैनन् : आइजिपी खनाल

कञ्चनपुर, १५ पुस । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला हत्याकाण्डमा कोही पनि निर्दोषलाई नफसाइने र कार्वाही नगरिने स्पष्ट…

यसरी थाहा पाउनुस पाकेटमार, ७७ पाकेटमार यसरी परे पक्राउ

काठमाडौं, ४ पुस । राजधानीमा गाडि चढ्दा पाकेटमारदेखि होसियार लेखेको हुन्छ । अर्थात तपाईंको पाकेट मारिन सक्छ वा तपाई लुटिन…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी