ट्याङ्करमा ‘सिंगल ताला सिस्टम’ : होला त चुहावटको अन्त्य ?

46 Hits

काठमाडौँ, १२ कात्तिक
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करमा एकल ताला प्रणाली ‘सिङ्गल लकिङ सिस्टम’ राख्ने काम सम्पन्न भएको जनाएको छ ।
नेपाल आयल निगमले ८ महिनाअघि शुरु गरेको कार्य नेपालगञ्जमा अन्तिम काम गरी सम्पन्न गरेको कार्यबाहक महाप्रबन्धक शुशील पोखरेलले जनाएका छन् । पट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने चुहावट तथा चोरी नियन्त्रण र लापरबाहीमा न्यूनीकरण गर्न ताला प्रणाली शुरु गरिएका उनको दावी छ ।

आइतबार भारतको इलामावादबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करमध्ये अन्तिम १२ वटा ट्याङ्करलाई एकल ताला प्रणालीमा लगिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। झापाबाट औपचारिक रूपमा एकल ताला प्रणालीको शुरु गरिएकोमा नेपालगञ्जमा समापन गरिएको हो ।
एकल ताला प्रणालीका लागि भारतीय आयल कर्पोरेसनबाट दुई हजार तीन सयवटा साँचो लिइएको थियो । यो प्रणालीमा उच्चस्तरीय गुणस्तरको साँचो भएकाले यसको नक्कल गर्न, तोड्न वा कुनै पनि वैकल्पिक उपायबाट पेट्रोलियम पदार्थ दुरुपयोग गर्न नसकिने निगमको दाबी छ ।

एकल ताला प्रणाली शुरु भएपछि पेट्रोलियम पदार्थ ढुवानीका क्रममा हुने चुहावट तथा चोरी नियन्त्रण हुने दावी निगमको छ । एकल ताला प्रणाली भारतीय आयल निगमले १५ वर्षदेखि प्रयोग गर्दै आएको छ । प्रवक्ता गोइतका अनुसार यस प्रणालीमा एउटा साँचोले हजार वटा खुल्न सक्छन् तर सबैको अलगअलग साँचो पनि हुन्छ जुन एकअर्कामा मिल्दैनन् ।

‘झापामा रहेको मास्टर साँचोले अमलेखगञ्जमा खुल्दैन फरकफरक हुन्छ । यसको मास्टर साँचो भारतीय आयल निगम र नेपाल आयल निगमसँग छ । साँचो सञ्चालन निर्देशिका छ । एकल ताला प्रणाली अनुसार साँचो खोल्न तोकिएकै स्थानमा पुग्नुपर्नेछ । वीरगञ्जबाट इन्धन भरेर काठमाडौँ आउने ट्याङ्कर अन्यत्र जान मिल्दैन किनकि उसको साँचो काठमाडौँमा हुन्छ । अन्यत्र गएर साँचो खोल्न सकिँदैन ।’ गोइतले भने ।

ट्याङ्कर मजदुरहरूले भने शुरुमा यस प्रणालीको विरोध गरेका थिए । तर नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भने एकल ताला प्रणाली राख्न सहमत भएपछि सम्भव भएको थियो ।

पहिलो चरणको काम सम्पन्न भएपछि निगमले दोस्रो चरणको काम शुरु गर्नेछ । पहिलो चरणमा भारतीय डिपोबाट नेपाल आयल निगमको डिपोसम्म पेट्रोलियम पदार्थ ल्याउने ट्याङ्करमा एकल ताला प्रणाली राखिएको थियो भने दोस्रो चरणमा नेपाल आयल निगमको डिपोबाट पेट्रोल पम्मसम्म ढुवानी गर्ने ट्याङ्करमा ताला जडान गरिनेछ । निगमले चालू आर्थिक वर्षमै यो काम सम्पन्न गर्नेछ ।

Loading...

Related News

मध्यभोटेकोशी जलविद्युतको साधारण शेयर खुल्यो, यसरी लिनुहोस्

काठमाडौँ, २९ कात्तिक । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण…

बचतकर्तालाई ११ लाखको स्वास्थ्य विमा गरिदिने

काठमाडौं, २८ कात्तिक । आफ्नो संस्थामा बचत गर्ने बचतकर्र्तालाई ११ लाखको स्वास्थ्य विमा गर्ने कुराले ती बचतकर्तालाई कत्तिको खुशी देला…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी