राष्ट्रपतिकाे जिम्मा उपराष्ट्रपति पुनलाई

34 Hits

/fi6«klt e08f/L stf/ k|:yfg /fi6«klt ljBfb]jL e08f/L stf/sf cld/ z]v xdfb aLg vflnbf cn yfgLsf] d}qLk"0f{ lgdGq0ffdf rf/ lbj;Lo cf}krfl/s e|d0fsf nflu ;f]daf/ To;tkm{ k|:yfg ug{'x'Fb} . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, १२ कात्तिक ।
राष्ट्रपति विद्यादेबी भण्डारी आज मित्र राष्ट्र कतारको औपचारिक भ्रमणका लाथि प्रस्थान गरेकी छिन् ।
राष्ट्रपति भण्डारी कतारका अमिर शेख तमिम बिन हमाद अलथानीको निमन्त्रणामा सोमबार बिहान ४ दिने राजकीय भ्रमणका लागि कतार प्रस्थान गरेकी हुन् ।

भण्डारी विदेश भ्रमणमा निस्कीएपछि उनले गर्ने सम्पूर्ण कार्यभार उपराष्ट्रपति नन्दबहादुर पुनले बहन गर्ने भएका छन् । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनले सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

भण्डारीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतले भव्य बिदाई गरेका थिए । राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण गरेको थियो । प्रधानमन्त्री केपी ओली भने राष्ट्रपति भण्डारीको विदाई समारोहमा सहभागी भएनन् । उनी अस्वस्थ भई अस्पताल भर्ना भएका कारण विदाईमा उपस्थित हुन नसकेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कतारमा नेपालको राष्ट्रपतिले राजकीय भ्रमण गर्न लागेको यो दोस्रो पटक हो । यसअघि प्रथम राष्ट्रपति डा रामवरण यादवले पनि कतारको राजकीय भ्रमण गर्नु भएको थियो । झण्डै चार लाख बढी नेपालीहरु कार्यरत रहेको कतार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दुई मुलुकबीचको सम्बन्ध र सहयोगलाई अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

राष्ट्रपति भण्डारीले त्यस क्रममा कतारका अमिर तमिमसँग औपचारिक भेटवार्ता गर्ने तथा त्यसक्रममा उहाँले त्यहाँ रहेका नेपाली व्यवसायी र समुदायसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत रहेका छन् । राष्ट्रपति यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा नेपाल–कतारबीच कृषि तथा पशुपंक्षी, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानीसम्बन्धी छुट्टाछुट्टै समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ ।

Loading...

Related News

राष्ट्रपति आज आउँदै, प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, को को जान्छन् स्वागतमा ?

काठमाडौं, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ ।…

के छ राष्ट्रपतिद्धारा प्रस्तुत ४३ पृष्ठको नीति कार्यक्रममा ? (पूर्ण पाठ)

काठमाडौँ, जेठ ७ गते । सरकारले आफ्नो सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी