प्रधानमन्त्री अाेली शिक्षण अस्पताल भर्ना, २ दिन चिकित्सककाे निगरानीमा रहनेे

165 Hits

काठमाडौं, १२ कात्तिक –

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष के पी  शर्मा ओली पुन अस्वस्थ  भएपछि  शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका अस्पताल श्राेतले बताएको छ ।

प्रधानमन्त्री अाेलीलाई सोमबार बिहान साढे २ बजेतिर अस्पताल पुर्याइएकोमा अहिले मनमोहन हार्ट सेन्टरकाे अाइसियुमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल पुर्याएको बताएपनि उनकाे विग्रँदाे स्वास्थ बारे सर्बत्र चिन्ता छाएकाे छ  । अर्यालका  अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल छैन ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ ।

प्रधानमन्त्री ओलीकाे सचिवालयले उनलाई १/२ दिन चिकित्सकको निगरानीमै राखिने बताएकाे छ  । सम्भवत : अाज र भाेली अस्पतालमा रहनुहुन्छ हाेला श्राेतले मुलखबरलाई भन्याे ।

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि केही दिनदेखि घरमै आराम गरिरहेका थिए । स्वास्थ्यकै कारण उनी नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत जान सकेका थिएनन् भने शुक्रबार डाकिएकाे मन्त्रीपरिषद्काे बैठक स्थगित गरि अाइतबार मात्रै वालुवाटारमा बैठक गरिएको थियाे । बैठक प्रधानमन्त्री अाेलीकै अध्यक्षतामा बसेकाे थियाे ।

Loading...

Related News

नेपाल र चीनबीच पारवहन सम्झौताको प्रोटोकल पारित: के छ प्राेटाेकलमा ?

काठमाडौं , ५ चैत – नेपाल र चीनबीच पारवहन सम्झौताको प्रोटोकललाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । दुई देशबीच पारवहन सम्झौताको प्रोटकलमा…

कलंकी मालपोतमा मन्त्रीको छड्के, डिजिटल बन्दैछन् मालपोत

काठमाडौं, ३ चैत । भुमिसुधार मन्त्री पद्यमा अर्यालले कलंकीमा रहेको मालपोत कार्यालयको अनुगमन गरेकी छिन् । देशभरीका मालपोत र नापी…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी