तस्करहरुलाई नियन्त्रण गर्न नसक्दा देश समृद्ध भएन : गृहमन्त्री बादल

135 Hits

काठमाडौं, ११ कात्तिक ।
गृहमन्त्री रामबहादुर थापाले तस्करहरुलाई नियन्त्रण गर्न नसक्दा देश समृद्ध हुन नसकेको बताएका छन् ।
मुलुकको शान्ति, समृद्धि र विकासको मार्गमा अपराधी नै मुख्य बाधक रहेको उनको धारणा छ। प्रहरी प्रधान कार्यालयद्धारा आइतबार आयोजित ‘समुदाय- प्रहरी साझेदारी’ विषयक कार्यक्रममा गृहमन्त्री थापाले उक्त धारणा राखेका हुन् ।

सरकारको मुख्य लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेकाले दीगो शान्ति स्थापना गर्नु आजको आवश्यकता रहेको बताउँदै गृहमन्त्री थापाले सुरक्षित समाज स्थापनासँगै सुशासन कायम गर्न जुनसुकै प्रकारका अपराधीलाई निश्तेज र नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ुजसले कानुन मिच्छन्। अतिक्रमण गर्छन्। उनीहरु नै विकास र समृति शान्तिका बाधक हुन्। प्रहरी सरकारको अभिन्न अंग रहेकाले यो लक्ष्य हाँसिल गर्न सबैको साथ र सहयोग आवश्यक छ।

थापाले प्रहरी, सरकार, समुदाय र नागरिकको संयुक्त साझेदारीमा मुलुकमा दीगो शान्ति स्थापना गर्न सकिने बताए। उनले भने, ुअपराध नियन्त्रण, शान्ति सुरक्षा र समृद्धिका लागि केवल बर्दीधारी प्रहरीले मात्रै होइन, बर्दी विनाका समुदायको भूमिका पनि ठूलो रहनेछ।

उनले सुरक्षा सुनिश्चत र अपराध नियन्त्रण र अपराधी निश्तेज गर्न समुदायले आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने बेला आएको बताए। उनले विगतमा भ्रष्टाचारी तस्कर, गुण्डा, मानवतस्कर लगायतका राष्ट्रघातीलाई नियन्त्रण गर्न नसक्दा देश समृद्ध हुन नसकेको स्पष्ट पारे।

गृहमन्त्री थापाले भने, हाम्रा लाखौं युवायुवती मुगलानमा छन्। अरबका खाडीमा जाने प्रवाह छ। त्यसलाई रोक्न सकेनौ । दाजुभाइलाई देश निर्माण र समृद्धिमा सहभागी गर्न देशमा शान्ति स्थायीत्व र सुशासन कायम गर्न जुरुरी छ।

प्रहरी मुख्यालयले सातवटै प्रदेशमा आइतबारबाट ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सुरु गरेको छ। खासगरी नागरिक समाज, विद्यार्थी, नागरिक अगुवा, पूर्व निजामति कर्मचारी, स्थानीय तह र सरकारले अपराध नियन्त्रणका लागि खेल्नुपर्ने भूमिकाका बारेमा उक्त कार्यक्रमको खाका बनेको जानकारी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दिए।

उनका अनुसार शान्ति स्थापनाका लागि अपराध र अपराधीको सूचनाका लागि सबै तह र तप्काले सहयोग गर्नुपर्ने समय आएको छ। स्रोत साधनको अभाव छ। सूचनाको पहुँच बढाउनु छ। सबै प्रहरीबाट मात्रै सम्भव छैन, खनालले भने, यसका लागि सबै पक्षसँग सहयोग गरिदिन हामी अपिल गर्छौं।

Loading...

Related News

संचारमन्त्रीले दिए कर्मचारीलाई यस्तो कडा निर्देशन

काठमाडौं, १ साउन । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई…

संचार माध्याममा विदेशी लगानी स्विकार्य छैन : संचारमन्त्री

काठमाडौं, ३१ असार – संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्विकार्य नहुने बताउनु भएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का