जानौं : जमराको जुस स्वास्थ्यको लागि कति फाइदाजनक ?

43 Hits

काठमाडौं, ११ कात्तिक ।
जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो ।

नियमित रुपमा जमरा जुस सेवनबाट गम्भीर प्रकृतिका अर्बुद जस्ता रोगसँगै कोलेस्टोर, उच्च रक्तचाप, मधुमेह र ग्यास्ट्रिकका बिरामीलाई निकै फाइदा पुग्ने विश्वासका साथ यसको सेवन गर्नेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा प्रकाश ज्ञवाली जमरा जु्सको नियमित सेवनबाट रोग प्रतिरोधी क्षमता बढाउन ठूलो योगदान पुग्ने बताउँछन् । उनले भने – “जमरा आफैंमा औषधि नभए पनि जमराको जुस तोकिएको मात्रामा नियमित सेवन गरिए पहिले निको भइसकेको रोग फेरि फर्कने सम्भावना रहन्न । दैनिक सेवन गर्नुपर्ने मात्रा करीब ३० एमएल हो ।”

वर्षको एकपटक दशैंमा फूलप्रसादका लागि पूजा कोठामा धार्मिक विधि पु¥याएर राखिने जमराको अहिले शहरमा मात्र होइन, गाउँमा समेत व्यावसायिक खेती हुन थालेको छ ।

हेटौँडा उपमहानगरपालिका लामसुरेका नानू अधिकारी, शोभा कोइराला, लक्ष्मी घिमिरे र सावित्रा महतले समूह बनाएरै जमराको जुसको व्यवसाय थालेका छन् । उनीहरुले घर नै भाडामा लिएर व्यवसाय गरिरहेका छन् । आयुर्वेद विज्ञानले गुणकारी अङ्कुरको रुपमा लिएको जमराको जुस पिउन पाँच किलोमिटरसम्म हिँडेर ग्राहक आउने गरेको शोभा बताउँछिन् ।

लामसुरेमा सञ्चालित उक्त जुस पसलका लागि महिनामा झण्डै एक क्विन्टल जौ र गहुँको बीउबाट जमरा उत्पादन हुँदै आएको बताउँछिन् व्यवसायी लक्ष्मी । हिजोआज स्वास्थ्यप्रतिको सचेतनामा वृद्धि भएर होला, बिहान सबेरको हिँडाइपछि जमराको जुस र सादापानी खानु हितकर हुन्छ भन्ने बुझाइ आमनागरिकमा बढ्दै गएको छ ।

पछिल्लो समय चियाको साटो जमरा जुस पिउने नागरिकको सङ्ख्यासमेत बढ्दै गएको पाइएको सर्लाहीको हरिवनस्थित कृष्णचौकमा जमरा जुस बिक्री गर्दै आउनुभएका ऋषि दाहाल बताउँछन् । जमरा जुसको नियमित सेवनबाट आँखाको ज्योति बढ्ने, आन्द्रामा घाउ नहुने, शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने तथा पाचन शक्तिलाई सन्तुलित तुल्याउन योगदान दिने उनको बुझाइ रहेको छ ।

कृष्णचोकमा बिहान सबेरै जमरा जुस खानेको घुइँचो नै लाग्ने गर्छ । त्यहाँ दैनिक ७० जना भन्दा बढी व्यक्ति जमरा जुसको नियमित ग्राहक नै रहेको बताइएको छ । जौ आफैंमा पनि विश्वका प्राचीनतम अन्नहरुमध्येको एक हो । औषधिका रुपमा खाने जमरा जुसका लागि जौ र गहुँ मात्रै प्रयोग हुने गरेको पाइएको छ ।

शिरमा लगाउँदा र कानमा सिउरिँदा सुख, समृद्धि र शान्ति प्राप्त हुने विश्वास गरिएको जमराको जुस स्वास्थ्यका लागि अत्यन्त लाभकारी हुने कुरामा कसैमा द्विविधा देखिँदैन । तर जमराको सरसफाइमा आवश्यक ध्यान पु¥याउन नसकिएको खण्डमा भने पानीबाट सर्न सक्ने रोग संक्रमणको सम्भावना भने रहन्छ ।
कतिपय स्थानमा एकाबिहानै ५–७ किलोमिटर टाढादेखि हिँडेर जमराको जुस पिउन आउने गरेको चर्चा पनि सुन्नमा आएका छन् । होटलमा महिनावारी खाना खाएजस्तै मासिक ३० एमएल जुस पिउनेहरुबाट रु एक हजार लिने गरिएको व्यवसायीहरु बताउँछन् ।

जौको तुलनामा गहुँका जमराको जुस बढी रुचाइने भए पनि स्वास्थ्यका हिसाबले जौको जमरा नै गुणकारी मानिन्छ । तथापि गहुँकै जमरा जुस खानेको सङ्ख्या बढी हुने गरेको व्यवसायीहरु दावा गर्छन् । गहुँ होस् वा जौ, दुवै जमराको ३० एमएल जुस रु ५० का दरले बिक्री भइरहेको भेटिन्छ । जमराको जुस मात्र होइन, जुस निकालेर बाँकी रहेको छोक्रा पनि स्वास्थ्यका हिसाबले लाभकारी मानिन्छ । छोक्रालाई धुलो बनाएर बेच्ने पनि गरिन्छ । जौको जमराबाट बनेको धुलो नियमित सेवन गरेमा पाचन शक्ति बढ्ने विश्वास गरिएको छ ।

Loading...

Related News

जमरा जुसबारे नयाँ तथ्य : कसले खाने कसले नखाने ?

काठमाडौं, २६ कात्तिक । जमराको जुस स्वास्थ्यको लािग अत्यन्तै लाभदायक भनेर धेरै प्रचार र प्रसार भएका छन् र यसको व्यवसायीक…

होसियार ! कसिलो ब्रा लगाउँदा ‘क्यान्सर’ हुन्छ

काठमाडौं, १५ कात्तिक । तपाई कस्तो ब्रा लगाउनुहुन्छ ? कत्तिको टाइट वा खुकुलो ब्रा मन पराउनुहुन्छ ? ब्रा ले स्तनलाई…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी