प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आजै मन्त्रीपरिषद बैठक

40 Hits

काठमाडौं, ११ कात्तिक ।
प्रधानमन्त्री के पी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । तीन दिनदेखी अस्वस्थ  बनेपछि शुक्रबार डाकिएको मन्त्रीपरिषदको बैठक समेत स्थगित गरिएको थियो भने शनिवार आयोजित पार्टीको शशुभकामना तथा चियापान कार्यक्रममा समेत ओली अनुपस्थित रहेका थिए ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएकोले आज ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद बैठक आव्हान गरिएको उनका प्रेस सल्लाहाकार कुन्दन अर्यालले विज्ञप्तीमार्फत सार्वजनीक गरेका छन् ।
अर्यालले विज्ञप्तीमा भनेका छन् –मौसमी रुघाखोकी र सामान्य ज्वरोका कारणले गर्दा चिकित्सकको सल्लाह बमोजिम ३ दिन देखि आराम गरिरहनुभएको थियो । नियमित भेटघाट र बैठकलाई समेत पर सारेका ओलीले आजबाट स्वास्थ्यमा सुधार आएकोले मन्त्रीपरिषद बैठक आव्हान गरिएको जानकारी अर्यालले गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी