प्रचण्डले के भने थिंक ट्यांककाे सम्मेलनमा ? पूर्ण पाठ

58 Hits

माननीय मन्त्री सुरेस प्रभुजी,  राज सभाका उपाध्यक्ष हरिबंश नारायण सिंह, इन्डियन फाउन्डेसनका निर्देशक राम माधवजी, विशिष्ट पाहुनाहरु, महिला तथा सज्जनबृन्द ।

बौद्धिक एवं बिशिष्ठ महानुभावसहितको यस सम्मानित भेलामा मलाई सम्बोधन गर्न आमन्त्रण गर्नु भएकोमा इन्डिया फाउडेसन प्रति आभार व्यक्त गर्न चाहन्छु ।
विचारहरुको विकास र महत्वपुर्ण सार्वजनिक नितिका विषयहरुमा बौद्धिक बहसको आधार निमार्ण गर्ने कार्यमा महत्वपुर्ण भुमिका निवाह गरिरहको इन्डिया फाउडेसनकाको उच्च प्रशंसा गर्न चाहन्छु ।
पा“चौं बर्षको अवधिमा, यस “इन्डिया आइडिया कन्क्लेभ” फरक चरित्रको एक नेतृत्वदायी समारोह मात्र नभई विचारहरुको जन्म, विकास आदानप्रदानका हिसावले एक विशिष्ठ माध्यमका रुपमा विकास भएको छ । त्यसले कालन्तरमा अझ सौहार्द एवं समृद्ध समाज निर्माणका लागि सकारात्मक माहोल सिर्जना गर्न योगदान पुराउनेछ ।
मानव जाति र हाम्रा आ–आºना देशका नागरिकहरुका आ आफना बिचार हुन्छन् ।
हामी हाम्रो समाजलाई कस्तो बनाउन चाहन्छौ र हामी हाम्रो राज्य र विश्व समुदायलाई कहा पुराउन चाहन्र्छौ भन्ने बारेमा बिचारले निर्देशित गरेको हुन्छ ।

यस सम्मेलनको शिर्षकलाई सापटी लिएर भन्नु पर्दा, आइडिया कन्क्लेभ आफैमा विचार र आवाज पैदा गर्ने र आदानप्रदान गर्ने अग्रणी फोरमका हिसावले “नागरिकहरु”को घोषणापत्र” बनेको छ ।

महिला तथा सज्जनबृन्द ,
विचारहरु शुन्यतामा हुर्कन सक्दैनन । विशिष्ठ भौतिक सन्दर्भ र वस्तुस्थितिले मानव मस्तिष्कमा पार्ने प्रभावका प्रतिक्रिया नै बिचार हुन, मानव परिकल्पना र सिर्जनाको उपज हुन् बिचार ।

केहि विचारहरु समकालिन चुनौती र समस्याको मुकाविला गर्नका लागि आकस्मिक आवश्यकताद्धारा निर्देशित हुन्छन भने धेरै जसो बिचार मानव सुझबुझ र प्रगतिलाई अगाडी बढाउने र विकासको क्षितिजलाई विस्तार गर्दाका परिणाम विकास भएका हुन् । हरेक नयाँ युगको प्रारम्भका निम्ति केहि अग्रगामी (क्रान्तिकारी) विचारहरुले रुपान्तरणकारी भुमिका खेलेका हुन्छन् ।

जब विचार प्रादुर्भावको शुरुवात व्यक्तिगत तवरमा सर्वाङिण एकाग्रताद्धारा समकालीन सोचका लागि हुन्छ, त्यसका लागि सिंगो समाज, राज्य र सभ्यताद्धारा त्यसलाई मलजल र सम्र्वद्धन गर्नु पर्दछ ।

कुनै समय, विचार व्यक्तिगत एकरुपतामा अन्त हुदैन । विचारको विविधताले सामाजिक बहसलाई थप मजबुुत बनाउँछ । यस संवादका लागि प्राप्त समाजिक स्थानले विचारको सौहाद्र्धताका लागि योगदान पुराउनेछ ।
अन्तरसंवाद र आदानप्रदानले विचारलाई परिस्कृत वनाउँछ, फलस्वरुप तिनिहरुका लागि व्यापक अपनत्व, गहिरो अर्थ र नयाँ उचाई हासिल गर्न मद्दत पुरयाउँछ ।

प्रिय मित्रहरु,
विचारले आधारभुत रुपमा हामीलाई परिभाषित गरेको हुन्छ भन्ने कुरामा तपाईहरु मस“ग सहमत हुनुहुन्छ भन्ने लाग्छ । विचार हाम्रो पहिचान हो र मानव सभ्यताको यात्राका लागि निदेर्शित उज्यालो हो । विचारहरु केवल अर्मुत हिसावले निर्माण भएका होइनन् । तिनीहरु आधारहरु हुन्, जहाँ व्यक्तिक सोचले आकार ग्रहण गदै, समाजहरु निमार्ण हुदै र राज्यहरु मजबुत बन्नेछन् । यो आखिरी गन्तव्यको विचार हो, जसले हाम्रो सामुहिक सोचद्धारा तय गरिएको मार्गलाई विस्तार गर्नका लागि हामीलाई प्रोत्साहन गर्दछ । विचारले हामीलाई सहि र गलत, नैतिक र भ्रष्ट, असल र खराव पहिचान गर्नका लागि मद्दत गर्छ ।

यो मानव मस्तिष्कहरु संसर्ग र परस्पर उर्वरताको विचार हो, जसले अविश्वासनिय तवरका मानव विकास र परिवर्तनहरु ल्याएका छन् ।

समयक्रममा उल्लेखिनिय मानव विकासका बावजुत, विश्वले आज असंख्यक चुनौतीहरुको सामना गरिरहेको छ । गरिबीको क्रृरतालाई आज पर्यन्त निवारण गर्न सकिएको छैन । असमानता राज्यभित्र र राज्य–राज्यबीच विशाल छन् । धेरै देश र समाजहरु विकास प्रकृयामा पछाडी नै छन् । धेरै क्षेत्रहरुमा शान्ति हासिल हुन कठिन भइरहेको छ । मानव दोहनवाट पैदा जलवायु परिवर्तनका असरका कारण पृथ्वीको स्थिरतालाई खतरा पैदा भइरहेको छ ।

परिवर्तनकारी चौथो औद्योगिक क्रान्ति उदयसँगै नयाँ अवसर र चुनौती दुवै पैदा भएका छन् । प्रविधिका विविध क्षेत्रमा भएका क्रान्ति, जस्तो कृत्रिम इन्टेनिजेन्स, रिवोटिस्, थ्रीडी प्रिटि, नानो प्रविधिहरुले विचारलाई सवल र परिस्कृत बनाउनका लागि मानव क्षमताको परिक्षण भइरहेको छ ।

तर, प्रविधिको अग्रत्तर विस्तार मात्र पर्याप्त छैन । धेरै देशहरु अझै औद्यागिकरणको अघिल्ला लहरवाट लाभन्वित हुन सकेका छैन । प्रविधिको सपाट विस्तार र प्रसारका लागि अधिक काम आवश्यक छ । कुनै पनि विचारको असली परीक्षा मानव जिवनमा त्यसले पार्ने सकारात्मक प्रभावको स्तर हुनेछ । अनि सामवेशिता यस्तो प्रभावको मुल आधार हुनुपर्छ ।

प्रिय मित्रहरु,
इतिहासको श्रृखंलामा विचारहरुको फैलावटका हिसावले दक्षिण एसियाली क्षेत्रले विश्व मानचित्रमा द्धिविधारहित तवरमा एक अद्धितीय स्थान ओगटेको छ ।
भारतले धेरै प्रतिभाहरु जन्माएको छ, जसको महान विचार र ज्ञानले मानव सभ्यतालाई प्रेरित गरेको छ । र ती ज्ञानहरु मानवताका लागि एक मार्गदशक प्रकाश मात्र थिएन, तीनीहरु समयको परिक्षणद्धारा खडा भएका छन् ।
विश्वको यस भुभागमा महान सभ्यताहरुले बास गरेका छन्, र ठुला विचारक, नेताहरु, आविस्कारक, अन्वेषकहरु, विद्धानहरु र शोधकर्ताहरुलाई जन्म दियो । बौद्धिक उन्नतीको स्तर वा समृद्धिको स्तरमा, दक्षिण एसियाको अतित समृद्ध छ । विगत २०० बर्ष समयको अवधिमा, संसारका प्रायजसो क्षेत्र अघि बढ्यो र हामी पछि पर्यौं ।

एक समयमा जब बहुमत विश्व कष्टपद र अन्धविश्वासको प्रतिछायाँमा रुमल्लिरहेको थियो, हाम्रो क्षेत्र बेद र बौद्ध दर्शनद्धारा पहिले नै प्रबुद्ध भएको थियो । पाचिन दक्षिण एसियाले विश्वलाई अगिन्ती सभ्यताको विशेषता प्रदान गरेको थियो– साहित्य र वास्तुकला देखि भौतिक विज्ञान, खगोलविज्ञान र औषधी, राज्यकलाको विचार देखि व्यापार र उद्योगकलासम्म । दक्षिण एसियाली सभ्यताको यस बहुमुल्यन विशेषता, हाम्रो मुल्य प्रणाली आजपर्यन्त कामयवी छन् ।
यी मुल्यमान्यता सौहार्दता, अनुुशासन र व्यापक सार्वजनिक हित र चासोमा आधारित हाम्रो सामुहिक सभ्यताको स्विकारोक्ती र केहि थोरै व्यक्तिगत स्वकेन्द्रिताद्धारा पैदा भएको हो । यस मुल्यमन्यताहरुले साझेदारी, हेरविचार र सहअस्तित्वमा अधिक जोड दिन्छ । शान्ति, अन्तर–विश्वास सहिष्णुता र शन्तिपुर्ण अस्तित्वका सिद्धान्तको विचार आधुनिक समयका थुप्रै लहडहरुका लागि उत्तरहरु हुन् ।
आज, यस फोरमले पनि विशुद्ध विचार निर्माण र विचार प्रादुर्भावमा हाम्रो क्षेत्रले लामो समय महशुस गरेको छ एक समृद्ध परम्परालाई आत्मासाथ गरेको छ । २१ औं शताब्दीमा आविस्कार र अन्वेषणहरुको लहर पैदा गर्नका लागि भारतले धेरै प्रस्ताव गर्नुपर्नेछ ।

प्रिय मित्रहरु,
विचारक, निति निर्माताहरुको सम्मानित भेलाका अगाडी म दुई करोड ८० लाख नेपालीहरुको सामुहिक विचार र तिनको सुनौलो भविष्यका लागि तिनका सपनाहरु, दृष्टि तथा आशाको प्रतिनिधित्व गदै तपाईमाझ आºनो विचार सेयर गदैछु ।
दशकौंसम्म तानशाही शासन, गरिबी र अविकासका विरुद्ध स्वतन्त्रताका लागि नेपाली जनताले लामो र कठिन संघर्ष गर्नुपर्यो ।
तानाशाहीवाट स्वतन्त्रता, गरिवीवाट स्वतन्त्रता ः
एक दशक लामो सशस्त्र संघर्ष र त्यसपछि शान्ति प्रकृयाको नेताका हैसियतले मैले नजिकवाट मेरा जनताहरुको आकांक्षालाई देखेको छु ।  सशस्त्र संघर्षको वेलामा मेरो ध्यान सबैभन्दा बढी दवाइइएका र सिमान्तकृत समुदायलाई जागरुक बनाउनु, उनीहरुको राम्रो भविष्यको सपना देखाउ“नु र तिनीहरुलाई प्रवृद्ध र सशक्तिकरण गर्नु थियो । यो देशको दुरजन क्षेत्रहरुमा सामाजिक जागरण उठेको सवैभन्दा उत्कृष्ट समय थियो ।
केहि बर्षको अन्तरालमा नै सामन्तवादका किल्लाहरु ध्वस्त हुन सुरु भयो र स्वतन्त्रता र लोकतान्त्रिकरणको आवाज ठुलो र दृढतापुर्वक उठ्यो ।

जब सशस्त्र संघर्षले जनतालाई सशक्तिकरण गदै लगेको थियो, ऐतिहासिक शान्ति प्रकृयाले जनताको आकांक्षा निहित अजेण्डालार्ई सस्थागत गदै लग्यो, जनताको उत्कृष्टको सेवाका लागि प्रकृयालाई सरल बनाउनु, जनताको समाजिक–राजनीतिक आकांक्षालार्इृ संविधानमा समेटी संविधानलाई जनताको पुर्ण अपनत्व हासिल हुने प्रकृया अबलम्बन गर्नु । मैले ऐतिहासिक शान्ति प्रकृया र लोकतान्त्रिक परिवर्तनका हरेक उदारचढाव र मोडहरुलाई देखेको छु ।

प्रिय मित्रहरु,
आज, हामीसग संविधान छ जसलाई हामी आरामका साथ हाम्रो नागरिकको घोषणापत्र भन्न सक्छौं ।
प्रकृया र अन्तवस्तु दुवैका हिसावले नागरिक घोषणापत्र । प्रकृया यसअर्थमा, नेपालको इतिहासमा पहिलो पटक, नेपालको संविधान जनताद्धारा प्रत्यक्ष निर्वाचित समावेशी संविधानसभाद्धारा निमार्ण गरियो । अन्तवस्तुका हिसावमा यसले दशौं बर्ष लामो संघर्षमा जनताद्धारा प्रदर्शित सपनाहरुलाई सस्थागत गरियो ।
यो घोषणापत्र जसले जनतालाई सार्वभौमसत्ता र राज्यलाई प्राधिकार बनाउँछ ।
यो घोषणापत्र जसले जनताको आकांक्षा अनुसार आवश्यक संशोधनद्धारा निरन्तर सुधार गदै लैजान प्रतिवद्ध छ ।
यो घोषणापत्र जसले नगारिक भावनाको मुल्य मन्यताहरुलाई प्रर्वद्धन र नेपाली जनताको राष्ट्रिय पहिचानलाई संरक्षण गर्दछ ।

महिला तथा सज्जनबृद्द,
हामीले संविधान निमार्णपछिको संक्रमणका साथसाथै गत बर्ष तीन तहको निवार्चनको कुशलतापुर्वक सफल गरि व्यवस्थित गरेका छौं । चुनावपछि केन्द्र सरकारका साथ प्रादेशिक सरकारहरु वलियो र लोकप्रिय जनमतमार्फत गठन भएका छन् । दशकौंको राजनीतिक अस्थिरता र पिडादायी संक्रमणकाल पश्चात हामी अन्ततः स्थिर सरकारको सुखद अवस्थामा छौ, जुन विकासका लागि अति आवश्यक छ ।

यस प्रकारको राजनीतीक प्रकृया पुरा गरिसकेपछि, हाम्रो दृष्टि अव जनताको स्वतन्त्रताको अर्को पाटोमा केन्द्रित छ, मुलत, गरिवी र अविकासवाट स्वतन्त्रता हासिल गर्ने, कठिनाई र अभावपुर्ण जिवनवाट स्वतन्त्रता, आधारभुत आवश्यकताहरुको चिन्तावाट स्वतन्त्र, जिवनको उच्च लक्ष्य पछ्याउनका लागि स्वतन्त्र । यसका लागि, हाम्रो सरकारले “समृद्ध नेपाल, सुखी नेपाली” को विचारलाई साकार पार्नका लागि काम गरिरहेको छ । हामीले हाम्रो विकासको निति र कार्यक्रममा केही निश्चित क्षेत्रहरुलाई प्राथमिकता तय गरेका छौं ।

हामी पुर्ण सचेत छौ की, राजनीतिक उपलव्धीको संरक्षणका लागि हामीले छोटो समयमा एक बलियो र स्वस्थ आर्थिक आधार निमार्णवाट मात्र संभव छ । हामी हाम्रो सिमित स्रोतसाधनका बारेमा पुर्ण जानकार छौं, त्यसैले सिमित श्रोतसाधनको न्यायिक वाडफाडवारे ध्यान दिन जरुरी छ ।

हाम्रो विकासको प्रयासमा हाम्रा छिमेकीहरु र संसारभरका मित्रराष्ट्रहरुवाट प्राप्त सहयोगका लागि आभारी छौं । हामी आशावादी छौं की यस्तो सहयोग निरन्तर जारी रहेनेछ । मलाई कुनै सन्दैह छैन, तपाई सबैस“ग सहमत हुनुहुनेछ की शान्तिपुर्ण र समृद्ध नेपालले मात्र क्षेत्रिय शान्ति, स्थिरता र समृद्धिमा योगदान पुरयाउन सक्छ ।
मन्तव्य समापन गर्नु अधि, मैले भन्नुपर्छ की हाम्रो दुई देश, नेपाल र भारतविच, परापुर्वकाल देखी सोहाद्धपुर्व सहअस्तित्वको सम्बन्ध रहदै आएको छ । हामी भुगोलका साथै इतिहास, धर्म सस्कृतिका साथ वाणिज्य सम्बन्धद्धारा जोडिएका छौं । हामी छिमेकी मात्र हाइनौं, नजिकका साथीहरु पनि हौं । जनता जनताविचको अन्तरक्रिया र आदानप्रदानहरु विशिष्ट छन् जसले हाम्रो सम्बन्धलाई युनिक प्रकृतिका स्वरुप प्रदान गरेको छ ।

हाम्रा सम्बन्धको आधार आत्मियता, भातृत्व, सहयोग र समान सार्वभौमका लागि पारस्परिक सम्मानमा आधारित छ । समयसापेक्ष र हाम्रा जनताको आकांक्षा अनुरुप यस सम्बन्धलाई नया“ उचाईमा पुराउनका हामी दुवै देश प्रतिबद्ध छौं ।
इन्डिया फाउन्डेसन जस्तो थिकंटयाकले नेपाल र भारतको पारस्परिक सम्बन्ध र जनतविचको सम्बन्धलाई थप विस्तारित र मजबुत बनाउनका लागि अन्य आयामहरुको खोजी गर्न सक्छ ।
म यस समारोहलाई सफलताको कामना गर्दछु ।
म यति भन्दै, तपाईको समयका लागि धन्यवाद दिन चाहन्छु ।

(पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा पाचौं इन्डिया आडिया कन्क्लेभमा व्यक्त मन्तव्यको भावानुवाद)

Loading...

Related News

अब भारत हुँदै तेस्रो मुलुक जान खाेज्नेहरू हाेसियार ! यस्ताे अायाे खबर

काठमाडौं, १८ कात्तिक – तपाईं भारत हुँदै कुनै तेस्रो मुलुकमा जान खाज्दै हुनुहुन्छ भने हाेसियार ! अब भारत हुँदै तेस्रो…

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ वर्षको उमेरमा निधन

काठमाडौं, ३१ साउन । भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा अाज निधन भएको छ। उनी सन् १९९६,…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी