सानीमा बैंकले पायाे २ अर्ब ऋणपत्र निस्कासनकाे अनुमति

30 Hits

काठमाडौं, ११ कात्तिक ।

तरलिकरणकाे समस्या बढिरहेकाे समाचार अाइरहेकाे बेला
सानिमा बैंकले दुर्इ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनकालागि अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले प्रति डिवेन्चर १००० रुपैयाँमा २० लाख इकार्इ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो।

बैंकले सर्वसाधारणकालागि ४ लाख इकार्इ अर्थात ४० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने छ। बैंकका अनुसार १० वर्षको अवधिकालागि निष्कासन भएको उक्त ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको बेला ऋणपत्र निष्कासनकालागि बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केटलाई तोकिएको बैंकले जनाएको छ।

ऋणपत्रका लागि गरिएको क्रेडिट रेटिङ अनुसार ‘इक्राएनपि एल ए माइनस’ पाएको छ। यसले पर्याप्त सुरक्षा भएको संकेत प्रदान गर्छ।
ऋण लगानी तथा निक्षेप संकलनमा राम्रो सुधार गरिरहेको बैंकको पूँजी कोष अनुपात १२.९१ प्रतिशत रहेको छ।

दुर्इ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनसँगै बैंकको पूँजी कोष अनुपातमा केही सहजता हुनेछ। पछिल्लो समय बैंकिङ तरलताले समस्यामा परेका बैंकहरु दीर्घकालीन समाधानकालागि ऋणपत्र निष्कासन गरिरहेका छन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी