काँग्रेस महासमिति बैठक भृकुटीमण्डपमा गरिने : शक्ति प्रदर्शन कि अावश्यकता ?

136 Hits

ललितपुर, ११ कात्तिक  ।

नेपाली  काँग्रेसले महासमिति बैठक राजधानीकाे भृकुटीमण्डपमा हुने भएकाे छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिपक्षमा रहेपछि पहिलाेपटक महासमिति बैठक बाेलाएकाे छ ।

 राजधानीको भृकुटीमण्डपमा मङ्सिर ५ गतेदेखि ९ गतेसम्म महासमिमितको बैठक गर्ने काँग्रेसले निर्णय गरेको हाे  ।
नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा शनिवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिका पदाधिकारीहरूसँगको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सभापति देउवाले काठमाडौँ जिल्ला कार्य समितिलाई महासमितिको बैठक स्थलको तयारीका लागि पनि निर्देशन दिएका थिए । त्यसैगरी यही कात्तिक १६ गते तय भएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई पनि भब्य र ब्यवस्थित बनाउनका लागि पनि निर्देशन दिएको पार्टी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच, शनिवार स्थानीय ब्यवस्थापन तयारी समिति र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको बैठकले बसेर शुभकामना आदानप्रदान कार्यक्रमलाई तीन वटै जिल्लाका पदाधिकारी र कार्यकर्तालाई ब्यापक परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै, आगामी महासमिति बैठकका लागि पनि आवश्यक उपसमितिहरू गठन गर्ने निर्णय बैठकले गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

काँग्रेस कमजाेर भएकाे र नेतृत्व असक्षम भएकाे टिप्पणी र अालाेचना अाइरहेका बेला काँग्रेसले शक्ति प्रदर्शन गर्न पनि महासमिति बैठक भृकुटीमण्डपमा गर्न लागेको भन्ने टिप्पणी पनि अाएकाे छ ।

Loading...

Related News

कांग्रेसले लियाे विप्लवकाे पक्ष : काँग्रेस सचेतक भन्छन् सरकारले अन्याय गर्याे

रुपन्देही, ३ चैत – नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले वार्ताको ढोका बन्द गरेर विप्लव नेतृत्वको नेकपालाई भूमिगत बनाउने…

कांग्रेसका ५६ जिल्ला सभापतिले भने ‘केन्द्रीय समितिको निर्णय अबैध’ (नामवलीसहित)

काठमाडौं, २१ फागुन । नेपाली काँग्रेसका ५६ जिल्ला सभापतिले केन्द्रीय समितिले गरेको निर्णय अबैध भएको आरोप लगाएका छन् । विधान…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी