काभ्रे दुर्घटनामा डिआइजि र पत्रकारसहित ३ को ज्यान गयो, भक्तपुरमा नेकपा नेता ज्वाला गम्भीर

145 Hits

बनेपा, कात्तिक १०
काभ्रेमा भएको सडक दुर्घटनामा परी प्रहरी नायव महानिरीक्षक (डिआइजी) सुशिल भण्डारीसहित चार जनाको मृत्यु भएको छ भने अन्य चार घाइते छन्।
मण्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा बा ३ च २८७ नम्बरको जिप पल्टिदा तीन जनाको मृत्यु हुनुका साथै पाँचखाल नगरपालिकाको तिनपीपलेमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो।

जिप दुर्घटनामा मण्डन देउपुर ४ का पत्रकार जीवन पराजुली र नेपाल ट्रेड युनियम प्रदेश नम्बर ३ का अध्यक्ष नमोबुद्ध नगरपालिका १० का विनोद कार्की र डीआईजी सुशील भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी रविराज खड्काले जानकारी दिए ।

उनका अनुसार जिपमा सवार अन्य तीनजना घाइते छन्। घाइतेको धुलिखेल अस्पतालमा उपचार भइराखेको छ। जिप थुक्कीडाँडाबाट धुलिखेल फर्कने क्रममा दिउँसो दुई बजे सडकबाट पाँच सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय काभ्रेका सई राजेश दाहालले जानकारी दिनुभयो ।

त्यसैगरी आइतबारै पाचँखाल तिनपीपलेमा धुखिलेलबाट पाँचखालतर्फ जाँदै गरेको बा ३ क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही स्थानकी ५६ वर्षीय रञ्जना गौतमको मृत्यु भएको हो।


आजै भक्तपुरको नलीन्चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी नेकपा काभ्रेका युवा नेता मिमबहादुर वाइवा ज्वाला गम्भीर घाइते भएका छन् । नेकपाको चियापान कार्यक्रममा सहभागि भएर फर्कँदै गर्दा उनी भक्तपुरको नलिन्चोकमा दुर्घटनामा परेका हुन् । उनको टाउकोमा चोट लागेको र भक्तपुरकै सल्लाघारीस्थित इवामुरा अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको छ।

Loading...

Related News

फेरी खस्यो त्रिशुलीमा बस, ५ को ज्यान गयो, २५ घाइते

काठमाडौं, ५ जेठ। लामो समयपछि आज फेरी यात्रुबाहक बस त्रिशुलीमा खसेर भएको दुर्घटनामा ५ को ज्यान गएको छ । झापाको…

एक वर्षमा १३३ सडक दुर्घटना, ५१ ले गुमाए ज्यान

हेटौँडा, ११ वैशाख मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ ले ज्यान गुमाएका छन् । दुर्घटनाबाट ४३ पुरुष,…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी