जर्मनी सरकारबाट दुई नेपालीले पाए ग्रिन ट्यालेन्ट अवार्ड

35 Hits

काठमाडौं । – जर्मनी सरकारको शिक्षा तथा अनुसन्धान मन्त्रालयले प्रदान गर्ने ग्रिन ट्यालेन्ट अवार्ड दुई जना नेपाली युवाले पाएका छन् । यो अवार्ड सन २००९ देखि जर्मनी सरकारले नविकरणिय क्षेत्रमा राम्रो आइडिया र अनुसन्धान ल्याउने विश्वभरका २५ युवाहरुलाइ हरेक बर्ष प्रदान गर्दै आएको छ ।

धरानको पुर्वान्चल इन्जिनियरिङ क्याम्पसमा प्राध्यापन गर्दै आएका विराटनगरका सागर काफ्ले र चीनको होवाइ विश्वविद्यालयमा पिएचडि गरिरहेकी काठमाण्डौकि निरिना खड्गीले यो अवार्ड पाएका हुन ।  जर्मनी सरकारको शिक्षा तथा अनुसन्धान मन्त्रालयका सचिव डाक्टर जर्ज सुटेबाट उनीहरूले अवार्ड पाएका हुन ।

विश्वभरका २१ देशका २५ जना ग्रिन ट्यालेन्ट छान्ने क्रममा नेपालका दुई युवा अनुसन्धानकर्ताहरूले यो अवार्ड पाउन सफल भएका हुन । यो अवार्डको लागी १ सय बढी देशका ७२६ जनाले आवेदन दिएका थिए ।

अक्टोबर २२ मा जर्मनीको संघिय राजधानी बर्लिनमा काफ्ले र खड्गीले अवार्ड पाएका हुन  । काफ्लेले इट्टा उद्योग क्षेत्रका कोइलाको कम प्रयोग गर्ने बारेमा अनुसन्धान गरेको भन्दै जर्मनी सरकारले अवार्ड दिएको हो ।

कोइला भन्दा ‘फ्युल पेलेट्स’ प्रयोग गरेर कोइलाको प्रयोग घटाउने काफ्लेको अनुसन्धान राम्रो भएको भन्दै यो अवार्ड दिइएको अवार्डको आधिकारिक वेबसाइटले लेखेको छ । कोइलाको ठाउँमा बायोमास प्रयोग हुने फ्युल पेलेट्स प्रयोग गरेर इट्टा र सिमेन्ट उद्योगमा काम गर्न सकिने काफ्लेको अनुसन्धानको निष्कर्ष छ । अवार्ड पाएपछि काफ्लेले भने, ‘नेपालमा कोइलाको आयात कम गर्न र वातावरणमैत्री इन्धनको लागी मेरो अनुसन्धान काम लाग्नेछ ।’

खड्गीलाई भने खानेपानी शुद्धतालाई सहज बनाउने फोटोक्याटालाइसिस प्रविधिका बारेमा रिसर्ज गरेको भन्दै अवार्ड प्रदान गरिएको हो । खानेपानी शुद्ध बनाउन सबैभन्दा सहज र राम्रो तरिकाको बारेमा अनुसन्धान भएको भन्दै उनलाई यो अवार्ड प्रदान गरेको जर्मनी सरकारले आफ्नो वेबसाइटमा लेखेको छ । अवार्ड पाएपछि समाजीक संजालमा नेपालसमयलाइ प्रतिकृया दिएकि खड्गीले भनिन, ‘यो अवार्डले थप हौसला बढेको छ ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी