प्रधानमन्त्री निवासको दुरुपयोग भयो भन्दै सार्वजनिक रुपमा कारवाहीको माग

43 Hits

काठमाडौँ – नागरिकका विविध गुनासा सुन्न तथा त्यसलाई तत्काल सुनुवाई गर्नका ल्याइएको हेलो सरकारमा प्रधानमन्त्रीको सरकारी निवास दुरुपायोग भएको भन्दै सार्वजनिक गुनासो परेको छ ।

हेलो सरकारले कुनै सरकारी कार्यालयमा सार्वजनिक सम्पत्ति दुरुपायोग भएको पाएमा त्यसको पूर्ण विवरणसहित कारवाही गर्न मिल्ने सूचना दिन आह्वान गरेको थियो । त्यसका लागि ट्वीटरमा डिएम वा इमेल गर्न भनिएकोमा प्रधानमन्त्री कार्यालय दल विशेष र वंश विशेषको कामका लागि प्रयोग गरिएको भन्दै गुनासो गरिएको हो, त्यो पनि सर्वाजनिक रुपमा ।

हेलो सरकार HelloSarkar

@Hello_Sarkar

कहीं कतै कुनै कार्यालयमा सार्वजनिक सम्पत्ति दुरुपयोग भएको पाउनुभएको छ भने पूर्ण विवरण सहित कारवाही गर्न मिल्ने गरी सूचना दिनुहोला । हामीलाई गोप्य रूपमा DM वा इमेल: 1111@nepal.gov.np गर्न सक्नुहुन्छ । तपाईंको सूचनाले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मद्दत पुग्नेछ ।

        रत्नसंसार श्रेष्ठ नाम गरेका ट्वीटर प्रयोगकर्ताले डिएम वा इमेल नगरी सीधै ट्वीट मार्फत प्रधानमन्त्रीको सरकारी निवासमा दल विशेषदेखि वंश विशेषसम्मको कार्यक्रम हुने गरेको र त्यो सार्वजनिक सम्पत्तिको दुरुपयोग रहेको भन्दै कारवाहीको माग गरेका छन् ।

RatnaSansar Shrestha@rsansar

बालुवाटार स्थित प्रधानमंत्री निवास सार्वजनिक सम्पत्ति हो
त्यहाँ दल विशेषको देखि वंश विशेषको सम्म कार्यक्रम गरिन्छ
सार्वजनिक सम्पत्तिको चरम दुरुपयोगको उदाहरण हो यो
त्यसैले गोप्यरुपमा DM वा email नगरिकनै यो सूचना दिईएको छ
कृपया कारवाहि गरेर जानकारी पाउं….

हेलो सरकार HelloSarkar

@Hello_Sarkar

कहीं कतै कुनै कार्यालयमा सार्वजनिक सम्पत्ति दुरुपयोग भएको पाउनुभएको छ भने पूर्ण विवरण सहित कारवाही गर्न मिल्ने गरी सूचना दिनुहोला | हामीलाई गोप्य रूपमा DM वा इमेल: 1111@nepal.gov.np गर्न सक्नुहुन्छ । तपाईंको सूचनाले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न मद्दत पुग्नेछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी