दिल्लीमा प्रचण्डले भने- परिवर्तनको मुख्य अाधार जनयुद्द हाे

153 Hits

काठमाडौं , १० कात्तिक ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालकाे राजनीतिक परिवर्तनको मुख्य अाधार १० वर्षे जनयुद्ध रहेकाे बताएका छन् ।

उनले समृद्व र शान्त नेपालले दक्षिण एशियाकाे विकासमा महत्त्वपूर्ण याेगदान दिने बताएका छन् ।

इन्डिया फाउण्डेशनको कार्यक्रमलाई शुक्रबार नयाँ दिल्लीमा सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री  प्रचण्डले नेपालले राजनीतिक स्थायीत्वमार्फत समृद्विकाे यात्रामा अगाडि बढेकाे दावी गरे ।

उनले वेद, बुद्धत्वदेखि नेपालको जनयुद्ध तथा शान्तिप्रक्रियाको चर्चा गरे । एक दिने कार्यक्रमलाई सम्बोधन गर्न शुक्रबार बिहान दिल्ली पुगेका अध्यक्ष  प्रचण्ड शुक्रबार राति स्वदेश फर्केका छन् ।

उनले नेपाल र भारत छिमेकी मात्र नभएर निकटका मित्र रहेको बताएका छन् । उनले दुर्इ देशबीच साझा इतिहास, सभ्यता र संस्कृतिले सम्बन्ध अतिविशिष्ठ बनाएकाे  बताए ।

 

प्रचण्डले संसार अन्धविश्वास र अशिक्षामा रुमल्लिरहेका बेला दक्षिण एशिया वेद र बुद्धत्वले प्रज्ज्वलित भएको बताएका छन्।

कार्यक्रम लाई सम्वाेधन गर्दै प्रचण्डले भने – ‘संसारको यो भागले महान सभ्यताहरुलाई बाँस दिएको छ । महान चिन्तक, नेता, अन्वेशक, विज्ञ, अध्येतालाई जन्म दिएको छ,’ ‘दक्षिण एशियाको पहिचान विगतमा अत्यन्त उच्च थियो। विगत दुईसय वर्ष हाम्रा लागि अपवाद भएको छ, किनकि यो समयमा अधिकांश संसार हामीभन्दा धेरै अघि बढेको छ हामी पछि परेका छौँ ।’

उनले  नेपाली जनताकाे समृद्धि र मुक्तिको सपना साकार पार्न अघि बढेको बताए । प्रचण्डले भने, ‘लामो समय निरंकुश शासन, गरिबी र अविकासको दुस्चक्रमबाट नेपाली जनताले स्वतन्त्रताको लडाइँ लडे । निरंकुशतन्त्र र गरिबीबाट मुक्ति चाहेका छन् ।’

जनयुद्धकालको चर्चा गर्दै प्रचण्डले सिमान्तकृत र पीडित जनताको तहको चेतना माथि उठाउन, उनीहरुलाई सुदृढ भविष्को सपना देखाउन तथा आर्थिकरुपम सुदृढ गर्न जनयुद्धमा होमिएको बताए। ‘देशको अधिकांश ग्रामिण भू-भागमा सामाजिक जागरण सृजना गर्ने त्यो महान् समय थियो,’उनले भने,’केही वर्षमै हामीले सामन्तवादको जरा हल्लायौँ र स्वतन्त्रता तथा लोकतन्त्रको आवाज बुलन्द बनायौँ। यही क्रममा शुर भएको ऐतिहासिक शान्ति प्रक्रिया जनताका यावत आकांक्षाका एजेन्डाहरुको संस्थागत गर्ने कोर्स थियो । यसका उतारचढाबको साक्षी म आफैँ छु ।’

अध्यक्ष प्रचण्डले नयाँ संविधानमार्फत् जनताका अधिकार सुरक्षित गरेको बताए । ‘जनताको घोषणापत्रका रुपमा हामीसँग संविधान छ भनेर अहिले हामी ढुक्कसाथ भन्न सक्ने अवस्थामा छौँ । प्रक्रिया र अन्तरवस्तुका हिसाबले संविधान जनताको घोषणापत्र हो,’ प्रचण्डले अघि भने,’प्रत्यक्ष जननिर्वाचित समावेशी प्रतिनिधिले पहिलोपटक जारी गरेको संविधान हो । संघर्षहरुमा देखिएका जनताका सपना संस्थागत भएको संविधान पनि यही नै हो । जनआकांक्षा अनुसार आवश्यक संशोधनमार्फत् निरन्तर सुधारका लागि संविधान (जनताको घोषणापत्र)ले नै प्रतिवद्धता व्यक्त गरेको छ ।’

सरकारले गरिबी र अविकास, आधारभूत आश्यकताको चिन्ताबाट मुक्ति दिने एजेन्डालाई प्राथमिकतामा राखेको उनले बताए । प्रचण्डले भने, ‘यसका लागि छिमेकी र संसारभरिका मित्रहरुले गरेको सहयोगप्रति धन्य छौँ । शान्तिपूर्ण र सम्पन्न नेपालले मात्रै यो क्षेत्र र बाहिरको शान्ति, स्थायित्व र सम्पन्नतामा योगदान दिनसक्छ ।’

Loading...

Related News

नेकपामा एकता प्रक्रिया टुंगियो, कसले पाए कस्तो जिम्मेवारी ?

काठमाडौं १ साउन- तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता निर्णयको १४ महिनापछि पूर्णता पाएको छ। नेकपा अध्यक्षद्वय केपी…

एकताको काम सकियो, खाली ठाउँ भर्नमात्रै बाँकी छ – प्रचण्ड

काठमाडौं, ३१ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी एकताको काम सकिएको र केही…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का