नेपालको कम्युनिष्ट सरकारबाट प्रोत्साहन मिलेको छ- येचुरी

57 Hits

काठमाडौं, ९ कात्तिक ।

नेपालमा बनेको कम्युनिष्ट सरकारले काम गर्न नसकेको र निरासा बढाएको भन्दै आलोचना भइरहेको बेला भारतीय कम्युनिष्ट पार्टीका महासचिवले भने नेपालको कम्युनिष्ट सरकारले आफूहरुलाई प्रोत्साहन मिलेको बताएका छन् ।

भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम येचुरीले लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेपालमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन भएबाट विश्वका कम्युनिष्टलाई प्रोत्साहन मिलेको बताएका हुन् ।
नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुन नेपाल आएका यचुरीले पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उक्त धारणा सार्वजनीक गरेका हुन् ।

यचुरीले भारतीय कम्युनिष्ट आन्दोलनको अनुभव सुनाउँदै नेपालको कम्युनिष्ट आन्दोलन सफल रहेको विश्लेषण गरेका थिए ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै यचुरीले अगाडि थपे अन्तरर्विरोधलाई सही ढङ्गले बुझेर अघि बढेमा मात्र सकारात्मक परिणाम हासिल गर्न सकिन्छ । उनले सिद्धान्तमा गल्ती नगरि समाजवाद लागू गर्न नसकेर सोभियत सङ्घको अवसान भएको बताउँदै महासचिव येचुरीले गल्तीलाई नस्वीकार्नु र सुधार गर्न नचाहनु चाहिँ गल्ती हुने बताए ।
उनले राजनीतिक, साङ्गठनिक र अन्य कारणले भारतीय कम्युनिष्ट पार्टीको आन्दोलन र कार्यसूचीलाई प्रभावकारी तुल्याउन नसकिएको स्वीकार गरे । बङ्गालमा आफ्ना २०० कार्यकर्ताको हत्या भएकाले सङ्गठन कमजोर भएको उनको दावी थियो ।
देशको परिस्थितिलाई बुझेर ठीक समयमा ठोस निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने पाटोलाई सबैले मनन गर्न आवश्यक रहेको धारणा राख्दै उनले नेपालमा देखिएको कम्युनिष्ट पार्टीको आन्दोलन निकै प्रभावकारी बनेको बताए । अभ्यास र सिद्धान्तबीच एकार्कालाई तालमेल मिलाएर लैजान आवश्यक रहेको सुझाव दिँदै महासचिव येचुरीले सङ्गठनलाई अघि बढाउने सिलसिलामा आउने चुनौतीको समयमै सम्बोधन गर्न सक्नुपर्छ भने ।

एक प्रश्नको उत्तरमा उनले कम्युनिष्ट पार्टीमा को दलित को ब्राह्मण भन्ने विषय नै नउठ्ने जनाउँदै जातीय विषयलाई समाजवादले मात्र हल गर्न सक्ने विचार व्यक्त गरे । भारतीय र नेपाल कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै घनिष्ठ र सुमधुर रहेको बताउँदै महासचिव येचुरीले भने, “जो शासनमा पुग्छ, त्यसैको नाममा वाद जोड्ने अभ्यासमा भने सुधार ल्याउन आवश्यक छ ।” नेपाल र भारतबीच ठूलो र सानो नभई जुम्ल्याहा भाइको जस्तो सुमधुर र घनिष्ठ सम्बन्ध रहेको पनि महासचिव येचुरीले उल्लेख गरे ।

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा महासचिव यचुरीलगायत भारतीय वामपन्थी नेताको निकै ठूलो योगदान र भूमिका रहेको बताए । सरकार, संसद्, स्थानीय तह र संसद् सञ्चालनको लामो अनुभव हासिल गर्नुभएका येचुरी नेपालको कम्युनिष्ट आन्दोलनबारे विज्ञ पनि हुन् ।

Loading...

Related News

प्रचण्डद्धारा म्याग्दीमा विभिन्न स्थलको अवलोकन, म्याग्दीवासी खुशी

काठमाडौं । सोमबार म्याग्दी पुग्नुभएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आज बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्नुभएको छ ।…

पत्नीको उपचारका लागि प्रचण्ड बेनीमा, प्रचण्डसँगै बादल पनि डुबे  तातोपानीमा

म्याग्दी २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नशा सम्बन्धि रोगबाट थलिएकी श्रीमती…

1 Comment for “नेपालको कम्युनिष्ट सरकारबाट प्रोत्साहन मिलेको छ- येचुरी”

  1. मैले तपाइको website को banner मा देखे कि Get Way to नेपाल नेव्स. but its not “Get Way “, its “Gateway”. Rectify it …. You are insulting your self .

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी