विमानस्थलमा छडके : गृहमन्त्री बादलले दिए कर्मचारीलाई कडा निर्देशन

162 Hits

काठमाडौं, ९ कात्तिक ।
नेपालको एक मात्र अन्तरराष्टिय विमानस्थलको अनुगमनमा पुगेका गृहमन्त्री राम बहादुर थापा बादलले कर्मचारीलाई टिप्स सहितको निर्देशन दिएका छन् ।

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा समस्याको चाङ लागेपछि शुक्रबार विहानै गृहमन्त्री रामबहादुर थापा गृहसचिव प्रेमकुमार राईलाई लिएर विमानस्थल पुगेका थिए ।
यात्रुले आफ्ना लगेज हराउने गरेको, समानको सुरक्षा नभएकोलगायत गुनासो गरेपछि अनुगमनका लागि गृहमन्त्री थापासहितको टोली विमानस्थल पुगेको थियो। गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको शुक्रबार छड्के अनुगमन गरेपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको बताए ।
गृहमन्त्री थापाले भने “विदेशीले नेपाल टेक्ने वित्तिकै हुने उसको पहिलो अनुभव महत्वपूर्ण हुन्छ । पहिलो अनुभवनै नराम्रो भयो भने उ फर्केर फेरि नेपाल आउँदैन । साथीलाई पनि नजान सुझाव दिन्छ । तर अनुभव राम्रो भयो भने उ पनि दोहोरिएर आउँछ र अरुलाई पनि नेपाल जान सुझाव दिन्छ भन्ने कुरालाई मनन् गरेर काम गर्नुहोस् । ” विमानस्थल र सीमा नाकाका कर्मचारीलाई राज्यले संवेदनशील जिम्मेवारी दिएकाले त्यसलाई गम्भीर रुपमा लिएर निष्ठापूर्वक काम गर्नुपर्नेमा गृहमन्त्री थापाले जोड दिए ।

तुलनात्मक रुपमा कम बोल्ने र धेरै गर्ने मन्त्रीका रुपमा प्रख्याती कमाएका गृहमन्त्री थापाले कर्मचारीहरुका मुख्य तीन जिम्मेवारबिारे स्मरण गराउँदै ती जिम्मेवारी पूर्ण रपमा पालना गर्न निर्देशन दिए । उनले अगाडि थपे “यहाँ काम गर्ने कर्मचारीको मुख्य तीन जिम्मेवारी छ । पहिलो राष्ट्रिय सुरक्षाको, दोस्रो देशको अर्थतन्त्रको विकासको र तेस्रो मुलुकको सभ्यता, संस्कृतिलाई स्थापित गर्ने जिम्मेवारी रहेको छ ।’
आगामी वर्षलाई अध्यागमन वर्षको रुपमा मनाउने प्रस्ताव आएको भन्दै त्यसबारे सकारात्मक निर्णय लिन मन्त्रालय तयार रहेको गृहमन्त्री थापाले बताए । सँगै रहेका गृहसचिव प्रेमकुमार राईले अध्यागमनका लागि आवश्यक स्रोत, साधनमा कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै अध्यामगनलाई थप व्यवस्थित बनाउन निर्देशन दिएका थिए ।

विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यामनका लागि आवश्यक नयाँ सफ्टवेयर जडान गर्न काम अघि बढिसकेको जानकारी दिँदै छ महिनाभित्र अध्यागमन प्रणालीलाई थप आधुनिक प्रविधिमार्फत काम गर्ने गरी प्रक्रिया अघि बढेको बताए । गृहमन्त्री थापाले विमानस्थलस्थित अध्यागमन कार्यालय, भन्सार कार्यालय, प्रहरी कार्यालयको छड्के अनुगमन गरेका थिए ।

Loading...

Related News

गुठी विधेयक फिर्ता : आन्दोलन रोकीएन, माइतिघरमा उत्रियो मानवसागर

काठमाडौं, ४ असार । गुठी व्यवस्थापनसम्बन्धि नयाँ व्यवस्था गर्न ल्याइएको गुठी विधेयक सरकारले फिर्ता लिने निर्णय गरेपनि आन्दोलन भने रोकिएको…

गुठी विधेयक फिर्ताको घाेेषणा

काठमाडौं,  ४ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी कानुनलाई एकीकरण र…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी