पतिले नै पुर्याउँछन् तस्करसम्म पत्नी

31 Hits

काठमाडौं – साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो । उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो । ती महिलामध्ये विवाहित पनि थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उनीहरुलाई पतिले नै दिल्लीसम्म पुर्‍याएका थिए । अध्यागमन विभागले रोकटोक गर्ने सम्भावनालाई ध्यानमा राखी पतिहरु साथै गई दिल्ली पुरेयाएर फर्किएका थिए ।

कुबेत इजराय, इराकजस्ता मुलुक पुग्ने उद्देश्यले भारत पुगेका महिला भने आफ्नो उद्दारप्रति असन्तुस्ट थिए । ती महिलामध्ये आठ जना नेपाल आउन मानेन् भने नेपाल आएकामध्ये अधिकांशले प्रहरीसँग असन्तुष्टि पोखे ।

समाचारमा लेखिएको छ, महिला भारत वा अन्य देशको बाटो हुँदै खाडी राष्ट्रमा पुग्ने गरेका छन् । मासिक ३० हजारभन्दा माथि आम्दानी हुने जानकारीकै भरमा महिलाहरु तस्करको हातमा पर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले देखाएको छ ।-नागरिक

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी