नक्कली नेपाली नोट र पैसा छाप्ने मेसिनसहित पाँच पक्राउ

54 Hits

काठमाडौं,  ४ कात्तिक।
नक्कली नेपाली नोट, नक्कली नोट छाप्ने मेसिन र नक्कली नोटको लागि आवश्यक कागजसहित पाँच जनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरको मच्छेगाँउबाट उनीहरूलाई पक्राउ गरेको हो ।

यसअघि पनि शुक्रबार महागनरीय प्रहरी वृत्त, गौशालाले एक हजार दरको २९ वटा नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन थिए ।

उनीहरुबाटै प्राप्त सूचनालाई फेलो गर्दै जाँदा प्रहरीले ललितपुरको मच्छेगाउँस्थित एक व्यक्तिको घरसहित काठमाडौंका विभिन्न क्षेत्रमा छापा मारेर नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ३ लाख ७० हजार रुपैयाँको तयारी अवस्थामा रहेको नक्कली नोटसमेत बरामद गरेको जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी