दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

153 Hits

नवलपरासी,४ कात्तिक। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार भएको बस दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत भएको छ ।

इटहरीबाट भैरहवाकातर्फ आउँदै गरेको लु १ ख ८४५४ नम्बरको बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको थियो ।

घटनामा मृत्यु हुनेमा गुल्मीको हस्तिचौर गाउपालिका–२ घर भइ नेपाली सेनाको मोरङ लेटाङ्ग गणमा कार्यरत ३५ वर्षीय तिलक विष्ट, मोरङको सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई, सुनसरी घर भइ जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी र भारत बिहारका विद्यान्नद यादव रहेका छन् ।

घटनामा थप एक जनाको मृत्यु भएको बताइए पनि सनाखत भएको छैन ।

दुर्घटनामा १६ जना घाइते भएका थिए । प्रहरीले दिएको जानकारी अनुसार बसमा क्षमताभन्दा बढी यात्रु सवार थिए । प्रहरीका अनुसार ४० जना यात्रु बोक्ने क्षमताको भएको उक्त रात्री बसले ५२ जना यात्रु बोकेको थियो ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी