अँध्यारो कोठामा बसेर षड्यन्त्रका चल्ला कोरल्दैमा सरकार ढल्दैन : प्रधानमन्त्री

134 Hits

झापा, १ कात्तिक-
दशैंले प्रधानमन्त्री के पी ओलीलाई गृहजिल्ला झापा पुर्याएको छ । दशैंको अवसरमा शुभकामना दिन प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका हुन् । महानवमीको अवसरमा ओली झापा पुगेर अपराह्न काठमाडौं फर्किएका छन् ।
प्रधानमन्त्रीले झापामा चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा आयोजित कार्यक्रममा भाग लिएका थिए । त्यसैगरी, जिल्ला रेडक्रस सोसाइटीले आयोजना गर्ने स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रममा पनि सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओली झापाको बिर्तामोडमा दसैं विशेष शुभकामना आदानप्रदान कार्यक्रममा सहधागी भएका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दे दशै.ले सबै नेपालीलाई भातृत्व आपसी सहकार्य र समृद्ध नेपालको पषमा लाग्न प्रेरणा पैदा गरोस भन्ने शुभकामना दिएका थिए । प्रधानमन्त्री ओली विहिबारै काठमाडौं फर्किएका छन् ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष ओलीले बिहीबार बडादसैं, शुभ दीपावली, छठ तथा नेपाल सम्वतको अवसरमा गृहजिल्ला झापाको बिर्तामोडमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विपक्षीले विभिन्न बहानाबाजीमा आरोप र लाच्छना लगाउने कार्य गरे पनि आफू भने समृद्ध राष्ट्र र जनतालाई सुखी बनाउने संकल्पबाट विचलित नभई अघि बढिरहेको बताए । ‘ढुक्क हुनुहोस् । तपाईंहरुको विश्वास र आशालाई मर्न दिने छैन । तपाईहरुले मप्रति देखाउनुभएको विश्वासमा धक्का लाग्न दिने छैन’ प्रधानमन्त्री ओलीले भने, ‘सुखी जनता र समृद्ध राष्ट्र निर्माणका लागि म अघि बढिरहेको छु ।’

प्रधानमन्त्री ओलीले केही मानिस सरकारलाई असफल बनाउन लागिपरेको बताए । उनले यो सरकार जोर–बिजोरले बनेको नभएकाले सजिलोसँग ढल्छ भन्ने नसोच्न चेतावनी दिए । उनले भने, ‘अँध्यरो कोठामा बसेर षड्यन्त्रका चल्ला कोरल्दैमा र षड्यन्त्रका ओथाराहरुले यो सरकार ढल्दैन ।’ ओलीले पुर्खाले ‘सर्वे भवन्तु सुखिनस् सर्वे सन्तु निरामयास्’ भने जस्तो अबको केही वर्षभित्रमै देशको विकास हुने बताए ।

ओलीले वर्तमान सरकारले भारत र चीनसँग समानताको सम्बन्ध बनाएको बताए । उनले भने, ‘भारतसँग आँखा जुधाएर बोल्न नसक्ने अवस्थाको अन्त्य गरेका छौं । चीनबाट कैयौं कुराहरुमा सहयोग आउने वातावरण बनाएका छौं ।’ उनले जसले जति विरोध गरे पनि अब चाडै कोसी र गण्डकी हुँदै समुन्द्रसम्म नेपालको पानी जहाज चल्ने बताए ।

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले राज्यको ढुकुटी रित्याएर गएकाले यो वर्ष वृद्ध भत्ता बढाउन नसकेको स्पष्ट पारे । उनले अर्थतन्त्रमा सुधार हुँदै गएकाले अर्को वर्षदेखि वृद्ध भत्ता वृद्धि गर्ने प्रतिबद्धक्ता व्यक्त गरे । ‘वृद्ध भत्ता हामीले नै सुरुआत गरेका हौं । सय रुपैयाँबाट बढाउँदै दुई हजारसम्म हामीले नै पुर्‍याएका हौं’ ओलीले भने,‘यो पटक पनि वृद्ध भत्ता बढाउने भनेका थियौं । तर, अघिल्लो सरकारले ढुकुटी रिल्याएर गएकाले बढाउन सकेनौं । तपाईहरु ढुक्क रहनुस् अर्को वर्ष बढ्छ ।’

Loading...

Related News

प्रधानमन्त्रीले बुझाए राष्ट्रपतिलाई सरकारकाे प्रतिवेदन

काठमाडौँ, २  वैशाख ।  राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ वार्षिक प्रतिवेदन पेश…

माथिल्लो त्रिशुली–३ ‘बी’ को शेयर : प्रधानमन्त्री र उर्जामन्त्रीलाई २०/२० कित्ता

काठमाडौं, १४ चैत । माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको शेयर वितरण गरिएको छ । सरकारले घोषणा गरेको जनताको जलविद्युत आयोजना…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का