थाहा पाऔं, युरिक एसीड भएकाले के खाने ?

65 Hits

काठमाडौं, १ कात्तिक ।
यतिबेला नेपालीको घरघरमा दशैँको रौनकता छ । वर्ष दिनको महान् पर्व दशैँमा लामो समयदेखि छुटिएर बसेका आफन्तहरुबिचमा पनि भेटघाट हुने, गफ गर्न पाईने र सुखदुख साट्न पाईने भएका कारण पनि यो खास छ । त्यसैले यतिबेला धेरैजना आ आफ्ना थातथलो पुगेका छन् । जन्मेको हुर्केको ठाउँमा पुग्न पाएका छन् । धेरै घरमा आफ्ना गच्छेअनुसारका मासु पकाइएको छ ।

रातो टीका र जमराको पर्वको रुपमा चिनिने दशैंमा खानपानको पनि उत्तिकै महत्व छ । तर दशैँमा अन्य समय भन्दा बढी मासु सहित गुलियो र चिल्लो पदार्थको सेवन गर्ने आम प्रवृत्ति रहेको छ । दशैँ भन्ने बित्तिकै नेपालीले पहिला मासुको कुरा पनि आइहाल्छ । दशैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन् ।

तर दशैँमा मासु र अन्य खानेकुरा खाँदा बिरामी मात्र होइन स्वस्थ मानिस पनि बिरामी बन्ने अत्यधिक सम्भावना रहन्छ । खानपिनमा ध्यान नदिँदा धेरै नागरिक दशैँका समयमा अस्पतालमा पुग्ने गरेका छन् । खानपिनमा सामान्य ध्यान नदिँदा दशैँंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको छ ।

चिकित्सकले दशैँको खानपिनमा विशेष ध्यान दिन सबैलाई आग्रह गरेका छन् । दशैँको खानपिनमा ध्यान नदिएका कारण सयौं व्यक्ति अस्पतालको बेडमा पुग्ने गरेको पाइएको छ । चिकित्सक पनि रमाइलो र भेटघाट छाडेर बिरामीका जिज्ञासा र अस्पतालबाट आउने बोलावटले हैरान बन्ने गरेका छन् ।

हाडजोर्नी विशेषज्ञ डा। इन्द्र नापित भन्छन्, युरिक एसिड हाम्रो शरीरमा उत्पन्न हुने एक विकारयुक्त पदार्थ हो । शरीरमा प्रोटिन मेटाबोलिजम भएर निस्कने तत्तवलाई नै युरिक एसिड भनिन्छ । प्रोटिनयुक्त खानामा पाइने प्युरिन नामक एक किसिमको रसायन तथा शरीरको पुरानो र नष्ट हुन थालेका कोषमा रहेको न्युक्लिक एसिडबाट युरिक एसिड बन्छ ।

सामान्य अवस्थामा उत्पादित युरिक एसिड पिसाबबाट बाहिर निस्किरहेका हुन्छन् । शरीरमा युरिक एसिड उत्पादन बढी भएमा वा मिर्गौलाबाट यसलाई विसर्जन गर्ने कार्यमा कमीकमजोरी भएमा अथावा दुवै कारणले गर्दा रगतमा युरिक एसिडको मात्रा बढ्न जान्छ । सामान्य हिसाबमा भन्नुपर्दा युरिक एसिड बढी हुनु भनेको जोर्नी तथा हातगोडको औँला सुन्निएर सहनै नसकिने गरी पीडा हुनु हो । जुन रातको समयमा बढ्ने गर्छ ।

सुरु–सुरुमा जोर्नी सुन्निने, दुख्ने, तातो हुने, चलाउन गाह्रो हुने हुन्छ । जोर्र्नी पाकेको र युरिक एसिड भएको लक्षण एकै किसिमको हुन्छ । यस्तो हुँदा उपचार गरेर मात्रै युरिक एसिड भएको हो वा जोर्नी पाकेको हो भन्ने थाहा हुन्छ । उपचार गर्दा जोर्निबाट पानी निकालिन्छ र चिकित्सकसँग सल्लाह मागी उपचार गर्दा बाथ हो कि होइन चिन्न सकिन्छ । यदि क्रिष्टल देखियो भने बाथ भएको हुन्छ ।

युरिक एसिड भएका व्यक्तिहरुले रातो मासु, रक्सी तथा बढी प्रोटिनयुक्त खाना सकभर खानु हुँदैन । अन्य सामान्य मानिसले पनि बढी रातो मासुको सेवन गर्नाले युरिक एसिडको जोखिम बढाउँछ ।

युरिक एसिड बढेर नै बाथरोग लाग्ने सम्भावना अत्याधि हुने भएकाले यो रोग लागेकाले युरिक एसिड भएकाको जस्तै खानपिनमा विशेष ध्यान दिन आवश्यक छ । बाथ रोग भएकालहरुले दशैंको समयमा खसी, राँगो आदिको रातो मासु, रक्सी, शाकाहारी भए पनि पालुङ्गोको साग, तामा, गुन्द्रुक, अमिलो पदार्थ, काउली नखाँदा नै राम्रो हुन्छ । खाने परेमा पनि निकै थोरै खाने र बिहान शारीरिक अभ्यास गर्नु पर्ने हुन्छ ।

उच्च प्रोटिनयुक्त खानाका कारण हुने भएकाले यो रोग लागेकाले उच्च प्रोटिनयुक्त खानेकुरा कम मात्रमा खानुपर्छ । उच्च प्रोटिनयुक्त खानेकुरा जस्तै माछा–मासु, गेडागुडी तथा बढी मादक पदार्थ सेवन गर्नेहरूमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । एकपटक यो रोगले च्यापेका मानिसलाई बढी प्रोटिनयुक्त खाना तथा मादक पदार्थ सेवन गरेको केही घन्टापछि एक्कासि मध्यरातमा जोर्नी तथा बूढीआँैलामा दुखाइ सुरु हुन्छ । त्यसकारण चिकित्सकहरूले यो रोग लागिसकेकालाई कम प्रोटिनयुक्त खाना खान र मादक पदार्थ सेवन नगर्न सुझाव दिने गरेका छन् । यो रोगबाट बच्न बियर, मादक पदार्थ, रातो मासु, प्रशस्त गेडागुडी खाँदा ध्यान दिनुपर्छ । यस्ता प्रोटिन बढी भएका खानेकुराले रगतमा युरिक एसिड बढाउन सक्ने भएकाले उच्च युरिक एसिड भएका बिरामीले ती खानामा नियन्त्रण गर्नु जरुरी छ । विशेषगरी रातोमासु, कलेजो, मिर्गौला, कुखुरा मासु, घिउ, अन्डा, मदिरा आदिमा नियन्त्रण गर्नुपर्छ ।

चाडवाडमा माछा, मासु मात्र खाने होइन, यसको साथै सागसब्जी र फलफूल पनि त्यति नै मात्रामा खाने गर्दा पेटमा हुने असर कम गराउन सकिन्छ । क्याल्सियमयुक्त खानको सेवन बढाउनुपर्छ । केरा, आलु, दुध दही, स्ट्रबेरी र कागती आदिको सेवन फाइदाजनक हुन्छ ।

Loading...

Related News

जमरा जुसबारे नयाँ तथ्य : कसले खाने कसले नखाने ?

काठमाडौं, २६ कात्तिक । जमराको जुस स्वास्थ्यको लािग अत्यन्तै लाभदायक भनेर धेरै प्रचार र प्रसार भएका छन् र यसको व्यवसायीक…

होसियार ! कसिलो ब्रा लगाउँदा ‘क्यान्सर’ हुन्छ

काठमाडौं, १५ कात्तिक । तपाई कस्तो ब्रा लगाउनुहुन्छ ? कत्तिको टाइट वा खुकुलो ब्रा मन पराउनुहुन्छ ? ब्रा ले स्तनलाई…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी