पृथ्वी राजमार्गमा सडक दुर्घटनामा ३ काे ज्यान गयाे

100 Hits

धादिङ,  ३१ असोज ।

पृथ्वी राजमार्गमा आज भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै गरेको बा१ घ ५६५ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

मृतकमध्ये दुई जना मारुती भ्यानमा सवार र अर्का एक जना भने ट्याङ्करमा सवार यात्रु रहेको मुग्लिन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धादिङको कल्लेरी निवासी २५ वर्षीय चन्द्रबहादुर नेपाली र धादिङकै ११ वर्षीय रोशन गैरे र बेनीघाट रोराङ गाउँपालिका–५ निवासी विनोद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइते चार जनाको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताउनुभयो । दुवै सवारी एकापसमा ठक्कर ठोक्किँदा दूध बोक्ने ट्याङ्कर भने सडकबाट करीब १०० मिटर तल खसेको थियो ।  (रासस)

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी