नेकपाको चियापान कात्तिक ९ मा, कांग्रेसको चियापान कात्तिक १६ मा

62 Hits

काठमाडौं ।
दशैं तिहार छठलगायतका चाडपर्वहरुको अवसरमा प्रमूख २ पार्टीले कात्तिकमा चियापान कार्यक्रम राखेका छन् ।
सत्तारुढ नेकपाले कात्तिक ९ गते चियापानको कार्यक्रम आयोजना गरेको छ भने प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले कात्तिक १६ गते चियापान कार्यक्रम राखेको जनाएको छ ।

नेपाली कांग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत, छठ लगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णीमाको दिन गर्दै आएको चियापान कार्यक्रम यसवर्ष पछाडि सारेको हो ।
कांग्रेसले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम पार्टीका नेता चक्रप्रसाद बाँस्तोलाको निधन भएकाले शोकस्वरुप पछि सारेर कात्तिक १६ गते शुक्रबार गर्ने निर्णय गरेको हो ।
चियापान कार्यक्रम पछाडि सार्ने निर्णय भएको पार्टी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले जानकारी दिए । पार्टी शोकमा रहेकाले श्रद्धाञ्जली बाहेकका अन्य सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय भएकोे अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । नेता बाँस्तोलाको असोज २७ गते निधन भएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी