२३ लाखले छाडिसके काठमाडाैं, अझै १५ लाखले छाड्ने

79 Hits

काठमाडौँ,  २९ असोज  ।

दशै नेपालीहरूकाे महान् चाड हाे । पुनर्मिलन गराउने चाडकाे रूपमा समेत लिइने याे पर्वमा विदेशबाट समेत अाफ्नाे घर फर्कनेकाे भिड काठमाडौंमा देखिन्छ । दशैं मनाउनका लागि आइतवार साँझसम्म करीव २३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाडेका छन् ।

दशै शुरू हुन थालेपनि सरकारी विदा शुरू नभएका कारण अझै राजधानीको मुख्य शहरमा भीड भने घटेको छैन । घटस्थापनादेखि घर फर्किने यात्रुको चाप बढ्न थालेको थियो । उपत्यकाका छिमेकी जिल्ला तथा हवाई सुविधा भएका यात्रु ३० गतेसम्म घर फर्किने अनुमान महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ ।

महाशाखाले यो वर्ष दशै मनाउन काठमाडौंँ उपत्यकाबाट ४० लाख सर्वसाधारण बाहिरिने अनुमान गरेको छ । महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले कात्तिक १ गतेपछि मात्र काठमाडौं उपत्यकामा ट्राफिको चाप घट्ने बताउनुभयो ।

त्यस्तैं, उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या बढे पनि भित्रिने साधनको सङ्ख्या भने कम हुदै गएको छ । ट्राफिक प्रहरी प्रवक्ता राजकुमार लम्सालले भित्रिने सवारी साधनहरुको संख्या दैनिक दुई हजारमा झरेको जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाका छ वटा नाकामध्ये सबैभन्दा धेरै यात्रु नागढुङ्गा र जगाते साँगा भक्तपुरबाट बाहिरिएका छन् । त्यसपछि फर्पिङ, मुड्खु र टोखाबाट यात्रु बाहिरिएका छन् । ती नाकामा कुकु सहितको सुरक्षा चेकजाँचको ब्यवस्था गरिएको जानकारी प्रहरीले दिएको हो ।

संघियता लागू भईसकेपनि काठमाडौं उपत्यकाको मुख्य ब्यापारीक केन्द्र न्यूरोड, खिचापोखरी, भोटाहिटी, वटु, महाबौद्ध, असन र इन्द्रचोक क्षेत्रमा सर्वसाधारणको चाप भने अझै घटेको छैन । दशैको सरसामान किनमेल गर्नेको बाक्लो भीडसँंगै यसक्षेत्रमा ट्राफिक जामका अतिरिक्त सर्वसाधारणको आवागमनमा समस्या देखिएको छ ।

Loading...

Related News

असोज २४ देखि गाडीले पालो पर्खनु नपर्ने, रुट परमिट खुला

काठमाडौं, १९ असोज । यसपटक दशैको लागि यात्रुहरुले सास्ती बेहोर्नु नपर्ने भएको छ । यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि…

नुवाकोटमा बस दुर्घटना, २ दर्जन बढि घाइते, ४ गम्भीर

काठमाडौं, ३०  साउन । नुवाकोटको बुङताङबाट काठमाडौं आउंदै गरेको बस बिदुर नगरपालिका वडा ९ सुनाखेतीमा दुर्घटना भएकाे छ । बा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी