मलाई साथ दिनुस् अपराधीलाई सिध्याईदिन्छु : गृहमन्त्री

472 Hits

काठमाडौँ, २९ असोज  ।

गृहमन्त्री रामबहादुर थापाले जनताकाे साथ भएमा अपराध र अपराधीहरूलाई सिध्याउन सकिने बताएका छन् । शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य रहेकाे उनकाे भनाई छ  ।

प्रहरी प्रधान कार्यालय काठमाडौँमा आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने विचार व्यक्त गरे ।

“देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो,” गृहमन्त्री थापाले भनेे , “अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छ ।” प्रहरीले प्रस्तुत गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शान्ति सुरक्षा र स्थायित्वका लागि फलदायी हुने गृहमन्त्री थापाको विश्वास छ । उनले  समुदायको साथ र संयुक्त साझेदारीले मात्रै  अपराध र अपराधी सिध्याउन सकिने र  स्थायित्व कायम  हुने बताए ।

प्रहरीले ल्याउन लागेको संयन्त्र हरेक घटनाको निगरानी गर्न सक्षम हुने आशा थापाको छ । सुशासन र सुरक्षा नभए राजनीतिक स्थायित्व र विकास पनि नहुने तर्क गृहमन्त्रीको छ । उनले सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।

गृहसचिव प्रेमकुमार राईले प्रहरीले ल्याएको अवधारणा पूर्णरुपमा कार्यान्वयन हुने हो भने शान्ति र सुरक्षा व्यवस्थित हुने बताए  । “यो कार्यक्रम लागू गर्न ढिला गर्नुहुन्न, मन्त्रालयले निर्णय गर्नुपर्छ भने गर्न तयार छ”, राईले थपे ।

Loading...

Related News

संचारमन्त्रीले दिए कर्मचारीलाई यस्तो कडा निर्देशन

काठमाडौं, १ साउन । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारको घोषित लक्ष्य पूर्ति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई…

संचार माध्याममा विदेशी लगानी स्विकार्य छैन : संचारमन्त्री

काठमाडौं, ३१ असार – संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्विकार्य नहुने बताउनु भएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का