प्रदेश-२ मा प्रहरी ऐन पारित

147 Hits
जनकपुरधाम- संघीय सरकारले प्रहरीसम्बन्धी कानून ल्याउन बाँकी रहेकै बेला प्रदेश-२ ले प्रहरी भर्ना विधेयक पारित गरेको छ। प्रदेशसभा बैठकले प्रदेश प्रहरी भर्नासम्बन्धी विधेयक संशोधनसहित पारित गरेको हो।

प्रदेश सरकारले प्रमुख विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विरोधका बीच प्रदेश प्रहरी भर्ना विधेयक पारित गरेको हो। संघीय सरकारले कानून ल्याउनुअघि प्रदेश प्रहरी विधेयक संविधानविपरित रहेको बताउँदै नेकपा यसको विरोधमा थियो। तर, अर्को विपक्षी दल नेपाली कांग्रेस प्रदेश सरकारको आफ्नै प्रहरी हुनुपर्ने बताउँदै विधेयक पारित गर्ने पक्षमा देखिएको थियो।

प्रदेश प्रहरी सेवालाई समावेशी बनाउन खुला प्रतियोगिता परीक्षाद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत छुट्याई त्यसलाई शतप्रतिशत मानेर आरक्षणको व्यवस्था विधेयकले गरेको छ। पारित भएको विधेयकमा मधेशी ५४.३६, दलित १७.२९, मुस्लिम ११.५८, थारू ५.२७, आदिवासी जनजाति ६.६१ र खस आर्यलाई ४.८९ प्रतिशत प्रहरी भर्ना गरिने उल्लेख छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी