सीमान्तकृत चेपाङ समुदायलाई सहयोग

26 Hits

बेँसीशहर । सीमान्तकृत तथा पिछडिएको चेपाङ बस्तीमा दसैं खर्च वितरण गरिएको छ । बेँसीशहर नगरपालिका र दोर्दी गाउँपालिकामा रहेका १४ घरपरिवार चेपाङलाई खाद्यान्न वितरण गरिएको हो । रोटरी क्लब पोखरा न्यूरोड, रोटरी क्लब लमजुङ, रोट्रयाक्ट क्लब लमजुङ र बालबालिका र वातावरणको क्षेत्रमा काम गर्ने बाबा फाउन्डेशन पोखराले संयुक्त रूपमा खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

१४ परिवार चेपाङका लागि प्रतिपरिवार रु सात हजार २०० गरी कूल रु एक लाखको खाद्यान्न वितरण गरिएको रोटरी क्लब लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार चेपाङका लागि दुई लिटर खाद्य तेल, दुई पोका नुन, दुई केजी रातो दाल, एक किलो चिनी, एक किलो मसला, एक बोइलर कुखुरा र एक बोरा चामल वितरण गरिएको छ । चेपाङका २४ बालबच्चाका लागि स्कूल ब्याग, कापी र कलम गरी ३५ हजारको शैक्षिक सामग्री वितरण गरिएको छ ।

ज्याला मजदुरी गरी जीवन निर्वाह गर्दै आएका चेपाङ समुदायमा खाद्यान्न सहयोग पुगेपछि खुशी भएका छन् । बेँसीशहर नगरपालिका–११ चिती बरबोटमा १० घरपरिवार र दोर्दी गाउँपालिका–९ भीरकुनाम चार गरी लमजुङमा १४ परिवार चेपाङ बसोबास गर्दै आएका छन् ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी