‘सरकारले काम गर्न नसकेकै हो, अब गति बढाइन्छ’-प्रचण्ड

38 Hits

भक्तपुर, २७ असोज ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले हालको ओली सरकारले अपेक्षा गरेअनुसार काम गर्न नसकेको स्वीकारेका छन् । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारले आफ्नो गति बढाउने प्रयास गरिरहेको बताए ।

‘अहिले जनताका स–साना आवश्यकता पूरा गर्ने सबालमा सरकार कहीं न कहीं चुकेकै छ, यसबारे हामीले छलफल गरिरहेका छौं,’ प्रचण्डले भने, ‘अन्य कुरामा भने हाम्रो नेतृत्वको सरकारले धेरै परिर्वतन गरेको छ ।’

प्रचण्डले अहिले जनताका आवश्यकता र समस्या कसरी समाधान गर्न सकिन्छ भन्नेमा सरकार लागिपरेको पनि बताए । काठमाडौंबासीलाई धूलो र हिलोमुक्त बनाउने काम पनि पूरा हुन नसक्दा सरकार जनताका नजरमा प्रभावकारी हुन नसकेको उनको भनाइ थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी