नाकको एउटा प्वालले साढे २ मिनेटमा एकैपटक १२ वटा ट्युबमा हावा भर्ने यी व्यक्ति !

89 Hits

एजेन्सी।
एक व्यक्तिले नाकको एक प्लालले थुप्रै टायरमा एकैपटक हावा भर्न सक्छ भन्दा पत्याउन मुस्किल होला । तर, यो सत्य हो ।

एक चिनियाँ नागरिकले एकैपटक १२ वटा ट्युबमा नाकको मात्रै एक प्वालले हावा भरेका छन् । यस्तो अजिव काम गरेपछि ती व्यक्तिको नाम गिनिज बुकमा समेत लेखिएको छ ।

चीनको नान्जियाङ ग्रान्ड क्यान्योनमा आयोजित एक कार्यक्रममा ४३ वर्षका फेहु नामका व्यक्तिले मात्रै २ मिनेट ३० सेकेन्डमा एकैपटक १२ वटा टायरमा हावा भरेर दुनियाँलाई अचम्ममा पारेका छन् ।

यो नै विश्वकै पहिलो अनौठो कार्य भने होइन । यसअघि २ मिनेट ३० सेकेन्डमा ६ वटा टायरमा हावा भरेर रेकर्ड राखिएको थियो । ती व्यक्ति पनि चीनकै थिए ।

यस्तो अद्भुत शक्ति भएका फेहुले नान्जियाङ ग्रान्ड क्यान्योन सिनिक स्पोर्टमा आउने पर्यटकलाई यस्तै अनेक कला देखाएर निकै पैसा कमाउँछन् । यस कार्यलाई भने उनले एक सोखको रूपमा लिएका छन् ।

खबरअनुसार गत जुलाई ५ मा फेहुले लन्डनस्थित वल्र्ड रेकर्ड सर्टिफिकेसन एजेन्सीलाई आफ्नो कामबारे जानकारी गराएका थिए । पछि करिब एक महिनापछि उनलाई नाकको प्वालले टायरमा हावा भर्न लगाएर विश्व रेकर्डको सर्टिफिकेट दिइएको थियो ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी