शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्दै

23 Hits

काठमाडौं, २७ असोज ।
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या बढेर ७१ पुगेको छ । कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८ रहेका छन् ।

बासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्या उल्लेख्य रूपमा बढेको निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए। गत वर्ष कृष्णसारको सङ्ख्या ६० रहेको थियो । गत वर्ष कृष्णसारका बयस्क भाले १८, पोथी १६, अर्धबयस्क भाले आठ, पोथी दुई र एक हप्तादेखि पाँच महीनासम्मका पाठापाठीको सङ्ख्या १६ रहेको थियो ।

अघिल्लो वर्ष कृष्णसारको सङ्ख्या यहाँ ४५ मात्रै रहेको थियो । जसमा भाले कृष्णसार १७, पोथी १३ र लिङ्ग नखुलेका बच्चाको सङ्ख्या १५ रहेको थियो । विसं २०६९ असोजमा नेपालगञ्जबाट आठ भाले र १४ पोथी तथा ललितपुरको जाउलाखेल चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार शुक्लाफाँटाको हिरापुर स्थानान्तरण गरिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनास र चोरीशिकारले गर्दा केही समययता लोप हुने सङ्घारमा पुगेको छ ।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी