नेपालका सााँस्कृतिक पर्वहरू गाैरब गर्न लायक छन् – प्रचण्ड

48 Hits

काठमाडौं , २७ असाेज ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका सँस्कृति र पर्वहरू गाैरब गर्न लायक भएकाे बताएका छन् ।

हिन्दु हरूकाे महान् चाड दशैं, तिहार, नेवार समुदायकाे नेपाल सम्वत, मधेशि समुदायकाे छठ, जनजाति काे ल्हा्सार लगायतका चाड पर्वहरूमा शुभकामना दिँदै प्रचण्डले साे धारणा व्यक्त गरेका हुन् ।

अाज लिलतपुर र भक्तपुरका विभिन्न कार्यक्रममा सम्बाेधन गर्दै प्रचण्डले नेपाल सम्वत अाफू पहिलाे पल्ट प्रधानमन्त्री भएकाे बेला राष्ट्रिय पर्व बनाएकाे स्मरण गरेका थिए ।

उनले सरकारलाई पुर्ण रूपमा सफल पार्नुपर्ने बताउँदै केही अपुग रहेकाे भएतापनि समिक्षा गरेर अघि बढ्न खाजेकाे बताए ।

हेराैं भिडियाे –

मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान एवं तुच्चा कार्यक्रममा बोल्दै उनले अहिले केन्द्रदेखि स्थानीय तहसम्म बलियो र स्थायी सरकार बनेकाले देशलाई समृद्धितर्फ लैजान एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

अहिले देशमा आइपरेका जस्तोसुकै चुनौतीलाई पनि पार लगाउँदै अगाडि जान सकिने बताउँदै उनले विकास निर्माण, सुशासनका क्षेत्रमा गर्नुपर्ने काम धेरै भएकाले त्यसमा केन्द्रित भएर अगाडि बढेको छ भने ।

उनले नेपालले दुई छिमेकी चीन र भारतसँग सम्बन्ध अझ विस्तार गरी धेरै लाभ लिनसक्ने अवसर रहेको उल्लेख गरे । नेपालमा पर्यटन, खानी, पानीलगायतका प्राकृतिक सम्भावना प्रशस्त भएपनि राजनीतिक अस्थिरताले देश पछाडि परेको बताउँदै अध्यक्ष दाहालले अब मुलुकलाई समृद्धितर्फ लैजाने समय आएको छ भने ।

चुनावमा जनतामाझ जाँदा गरेका प्रतिबद्धता सरकारले पूरा गर्ने बताउँदै अध्यक्ष प्रचण्डले भने, “जनताको सुशासन, भ्रष्टाचार, महङ्गी नियन्त्रण, बृद्धभत्ता बढाउने कुरा, निर्वाचनका बेलामा जे–जे प्रतिबद्धता गरिएको थियो, त्यसलाई सम्बोधन हुने गरी सरकारले अब काम गर्छ ।” एक प्रसङ्गमा उनले दशैँलगत्तै तल्लो तहसम्म पार्टी एकता पूरा गर्ने बताए ।

काठमाडौँका खाल्डाखुल्डी पुर्ने र जनताको आकाङ्क्षा पूरा गर्नेबारेमा प्रधानमन्त्री र पार्टीको सचिवालयमा आफ्नो छलफल भइरहेको बताउँदै उनले भने, “काठमाडौँ उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्ने सङ्कल्प वर्षाका कारण पूरा नभएको तर अब नयाँ वर्ष अगाडि नै उपत्यकाका मूल सडक कालोपत्र गरिसक्ने छौँ, काठमाडाँैलाई विकासको दृष्टिकोणले सभ्यताको नयाँ चरणमा प्रवेश गराउने सङ्कल्प हामीले गरेका छाँै, त्यो पूरा गर्छौं ।”

विकास निर्माणलाई गति दिनेबारे समीक्षा शुरु गरेको बताउँदै उनले अब सम्बोधनको प्रक्रियालाई पनि तीव्रताका साथ अगाडि लैजाने प्रतिबद्धता व्यक्त गरे । कम्युनिष्ट पार्टीको एकता र दुईतिहाइको सरकार बन्दा देशले धेरै उपलब्धि हासिल गरेको बताउँदै उनले भने, “सन् १९५० को सन्धिलगायत नेपाल–भारत सम्बन्धका विविध विषयमा समीक्षा गरेर सहमतिबाट एउटा प्रतिवेदन तयार भएको छ, त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने तयारीमा छाँै ।”

कार्यक्रममा नेकपा मध्यपुर नगर कमिटीका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमिको विकासलाई तीब्रता दिने बताए ।

शुभकामना अादान प्रदान तथा तुच्चा कार्यक्रम ।। नगदेश मध्यपुर थिमी, भक्तपुर ।। २०७५ आश्विन २७ गते

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, October 12, 2018

Loading...

Related News

२३ लाखले छाडिसके काठमाडाैं, अझै १५ लाखले छाड्ने

काठमाडौँ,  २९ असोज  । दशै नेपालीहरूकाे महान् चाड हाे । पुनर्मिलन गराउने चाडकाे रूपमा समेत लिइने याे पर्वमा विदेशबाट समेत…

घटस्थापनामै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडाैं, २४ असाेज दशैका अासपासमा धेरै सवारी दुर्घटना हुने गरेकाे विगत छ । अाज बाट दशैं शुरू भएकाे सामाचारसँगै सवारी…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी