तराईका २२ जिल्लामा शुद्ध खानेपानी दिने मन्त्री बीना मगरको यस्तो योजना

89 Hits

नवलपरासी, २७ असोज–
खानेपानी मन्त्री बीना मगरले तराईका २२ जिल्लामा शुद्ध खानेपानी दिलाउने प्रतिवद्धता ब्यक्त गरेकी छिन् । उनले ती जिल्लाहरुमा शुद्ध खानेपानीको पहुँच सुनिश्चितता गर्ने गरी विशेष योजना अगाडि बढाइएको बताएकी छन् ।

नवलपरासीको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २१औँ साधारणसभा तथा ओभरहेड ट्याङ्की उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले त्यसको लािग विविध आयोजनाहरुको सम्भाव्यता अध्ययन भइरहेको बताइन् ।

तराईमा शुद्ध खानेपानी वितरणका लागि महाकाली, कर्णाली, बवई, नारायणी, मेचीलगायतका नदीमा सम्भाव्यता अध्ययनसँगै आवश्यक प्रक्रिया अगाडि बढाइएको उनको भनाई छ ।

उनले नवलपरासी, चितवनसहित छ जिल्लामा नारायणीको पानी शुद्धीकरण गरेर जनतामाझ पुर्याइने गरी दीर्घकालीन योजना अगाडि सारेको बताइन् । जनताले आर्सेनीक युक्त पानी खान नपरोस् भनेर नारायणी ‘बल्क वाटर’ परियोजना सञ्चालन गर्न लागेको उनले बताए ।

नेपाल सरकारको रु एक करोड ४० लाख र संस्थाको रु ५२ लाख गरी कुल रु एक करोड ९२ लाखको लागतमा खानेपानी ट्याङ्की र डिप बोरिङ निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष खिमानन्द भुषालले जानकारी दिए । चार लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याक्की निर्माण भएसँगै देवचुली नगरपालिकाभित्रका १० देखि १५ नं गरी पाँच वडाका जनता लाभान्वित हुनेछन् ।

मन्त्री मगरले यस अघि नै देशभर शुद्ध खानेपानी पुर्याउने लक्ष्यसहितको बजेट विनियोजन गरिएको बताएकी थिइन् । उनले खानेपानी लिन आधा घण्टाभन्दा बढि समय लाग्नेहरुलाई विशेष प्राथमीकतासाथ खानेपानी उपलव्ध गराउन आयोजना र बजेट दिने बताएकी थिइन् ।

Loading...

Related News

मेलम्चीको ढिलाइमा समस्या कहाँ हाे ? खानेपानी मन्त्रीकाे यस्तो छ संकल्प

काठमाडौं, २० मंसिर । मेलम्चीको पानी काठमाडौंमा ल्याउने र काकाकूल काठमाडौंलाई तिर्खा मेटाउने कुरा हुन थालेको करिब ३० वर्ष भयो…

मन्त्री बिनाले भनिन् -‘महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव’

कंचनपुर, १५ मंसिर । खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव भएको धारणा व्यक्त गरेकी छिन् ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी