किर्ते गरेर जग्गा हडप्नेहरु धमाधम पक्राउ गर्दै प्रहरी, को को परे पक्राउ ?

170 Hits

काठमाडौँ, २७ असोज ।
नेपाल प्रहरीको अनुसन्धान विभागको सक्रियतामा किर्ते गरी जग्गा हडप्नेहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । राजधानीमै यस्ता धन्दा गर्नेहरुलाई धमाधम पक्राउ गर्न थालेपछि दलालहरुको भागाभाग भएको छ ।

सरकारी कर्मचारीसँगकै मिलेमतोमा नक्कली कागजात बनाएर अर्कैका नाममा रहेको सम्पत्ति हडप्नेहरुको बिगबिगी राजधानीमा बढेपछि प्रहरीले सक्रियोता बढाएको हो ।
केही साताअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नक्कली कागजात बनाएर र नक्कली धनी बनेर अर्काको नाममा रहेको करीब ७० करोडको सम्पत्ति हडप्न खोज्ने ललितपुरको गिरोहलाई पक्राउ गरेक थियो ।

एक चर्चित व्यवशायीको नाममा रहेको कम्पनी उनकै कामदारले आफु मालिक बनेर बेच्न खोजेपछि प्रहरीले पक्राउ गरी सार्वजनीक गरेको थियो । ती कामदारले मालिकका सबै महत्वपूर्ण कागजात हात पारेर योजना सुरु गरेका थिए। यसमा कम्पनी रजिष्ट्रार कार्यालयका उपसचिवसहित थुप्रै सरकारी कर्मचारी पक्राउ परेका थिए।

त्यसको केही दिनपछि गौशाला प्रहरी वृतले बुढानिलकण्ठको ४० आना जग्गा नक्कली कागजपत्र बनाएर आफ्नो नाममा नामसारी गरेको आरोपमा अर्को गिरोहलाई समात्यो। यसमा मालपोत कार्यालय चावहिलका प्रमुखसहित केही सरकारी कर्मचारी पनि पक्राउ परेका थिए।

प्रहरीले शुक्रबार मात्रै कीर्तिपुरबाट नक्कली कागजात बनाएर अर्काको नामको जग्गा हडप्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ। उनीहरुले शेरबहादुर महर्जनको नाममा रहेको जग्गा उनको वारेसनामा लिएको नक्कली पत्र बनाएर अर्कै व्यक्तिलाई बेच्न खोजेका थिए ।

Loading...

Related News

सांसद तथा गुण्डा नाइके मनाङे सर्बोच्चको आदेशपछि जेलमुक्त

काठमाडौं, ६ पुस । ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार सदरखोर जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ…

आफ्नै श्रीमतीलाई बलात्कार गर्ने युवक पक्राउ, नाम गोप्य

ताप्लेजुङ, ६ पुस । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २०…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी