उपचुनावको बिबाद सकियो : प्रचण्ड

68 Hits

काठमाडौं – नेपाल कम्युनष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम काठमाडौं–७ बाट चुनाव लड्ने बिबाद सकिएको बताएका छन् ।

दसैँ, तिहार, तथा छठको अवसरमा आलापोटमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा दाहालले गौतम आफैंले चुनाव नलड्ने जानकारी बिहीबार पार्टीमा गराएकाले अब उपचुनावको लफडा सकिएको बताएका हुन् ।

काठमाडौं–७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर वामदेवका लागि उपचुनाव गराउन आफैं सक्रिय भएका दाहालले अब त्यसको च्याप्टर नै क्लोज भएको उल्लेख गरेका हुन् । दाहालले भने, ‘ अब वामदेव चुनाव लड्ने कुरा सकियो । यसमा टेन्सन लिनुपर्दैन । हिजो वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो ।’ रामवीरलाई राजीनामा गराएर उपचुनाव मार्फत सांसद बन्ने वामदेवको चाहनाको नेकपाभित्र र बाहिर चर्को विरोध भएको थियो ।

काठमाडौं–७ का स्थानीय नेतासँग परामर्श गरेपछि परिस्थिति प्रतिकुल रहेको ब्रिफिङ पाएपछि गौतम आफैं चुनाव नलड्ने निर्णयमा पुगेका हुन् ।

 

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी