निर्मला हत्या प्रकरण : भेजिनल स्वाब परीक्षणमा आयोगको शंका

95 Hits

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको योनीबाट संकलित भेजिनल स्वाब परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानवअधिकार आयोगले शंका गरेको छ ।  आजको राजधानी दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । आयोगले बलात्कारपछिको हत्यापछि गरिएका चिकित्सकीय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर प्रहरीलाई भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको हो ।

आयोगले बिहीबार सो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्शसमेत गरेको छ । त्यसक्रममा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको डीएनए परीक्षणप्रति आयोगले शंका जनाएको हो । आयोगले परीक्षणको रिपोर्ट नै मगाएर विज्ञहरूसँग छलफल गरेको हो ।

आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीले प्राविधिक रूपमा विश्वस्त हुन आयोगले भेजिनल स्वाब सुरक्षित राख्न प्रहरीलाई निर्देशन दिएको जनाए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी