प्रहरी दिवसमा प्रदेश–१ का मुख्यमन्त्रीले भने– ‘प्रहरीलाई चाँडै संघीय ढाँचामा ढालिन्छ’

117 Hits

विराटनगर, २५ असोज।
प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले देश संघीय ढाँचामा रहेकाले अब नेपाल प्रहरीलाई पनि प्रादेशिक ढाँचामा ढाल्नुपर्ने बताएका छन् । अन्य क्षेत्रमा संघीयता कार्यान्वयन भएजस्तै प्रहरीमा पनि त्यसको अभ्यास भए जनताको जीउधनको सुरक्षामा थप मदत पुग्ने उनको भनाइ छ ।

आज ६३औं प्रहरी दिवसको अवसर पारेर प्रदेश–१ को प्रहरी कार्यालयले विराटनगरमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रहरीलाई पनि संघीय ढाँचामा ढाल्नुपर्नेमा विशेष जोड दिए । अहिले प्रशासनिक संरचना तयार भइनसकेकाले चाँडै प्रहरी पनि संघीय ढाँचामा जाने राईले बताए ।

कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार नागरिकको जीउधनको सुरक्षामा चिन्तित रहेको बताए । ‘प्रदेश सरकार नागरिकको जीउधनको सुरक्षाको विषयमा गम्भीर छ,’ मुख्यमन्त्री राईले भने, ‘त्यसका लागि अब सुरक्षाको निकाय नेपाल प्रहरीलाई पनि संघीय ढाँचामा ढाल्ने तयारी भइरहेको छ ।’

त्यस्तै, कार्यक्रममा बोल्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपाली प्रहरीलाई कानुनी तवरबाट संघीयतामा लैजाने प्रक्रिया सुरु भइसकेको बताए ।

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारी तथा प्रहरीलाई संरचना बनाउन जग्गा दान गर्ने पनि सम्मानित भएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी