ओखलढुंगा कला-साहित्य समाजको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

318 Hits

लिला श्रेष्ठ।
ओखलढुंगाका सम्पुर्ण कलाकार.साहित्यकारहरुको सस्था ओखलढुंगा कला साहित्य समाजले बडा दशै, दिपावली साथै छठको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौमा सम्पन्न गरेको छ । अोखलढुङ्गाका माननीय यज्ञराज सुनुवारको प्रमुख आतिथ्यता, पूर्व सभासद बालकृष्ण ढुंगेल र पूर्व साम्सद रामहरी खतिवडाको बिशिस्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

आपतकालीन कोष स्थापना, परिचायत्मक रात्रीभोज,साहित्यिक-सांगीतिक कार्यक्रम,शुभकामना आदान-प्रदान कार्यक्रम सहितका अन्य  उदेश्य राखेर आयोजना गरिएको उक्त्त कार्यक्रममा ओखलढुंगाका प्राय पहिलो स्तरका नेताहरुको उपस्थिति रहेको थियो। सबै राजनैतिक दलका नेता, कार्यकर्ता,समाजसेवी,संघ सस्थाका प्रतिनिधि,पर्यटन ब्यबसायी, विभिन्न जातीय समुदाय,पत्रकार,कलाकार,साहित्यकार, लगाएतको बाक्लो उपस्थितिले सस्थाको मर्यादा साथै अझ धेरै काम गर्ने हौसला बढाएको समाजका सदस्यहरुले बताएका छन्।


ओखलढुंगाका कलाकार-साहित्यकारहरुको लागि आपतकालीन कोष स्थापना गरेको ओखलढुंगा कला साहित्य समाजले श्रष्ठा र सिर्जनाको हितका लागि अन्य काम गर्दै जाने समाजका अधक्ष्य गम्बु शेर्पाले जानकारी दिएका छन्।


उक्त्त कार्यक्रममा नेपाली रास्ट्रिय गानका सर्जक ब्याकुल माईलालाई ‘अनन्तकालका लागि सस्थागत सम्मान पनि गरिएको छ। त्यसैगरि ओखलढुंगा जिल्लाका पुराना गायक,संगीतकारहरु नबिन ढुंगेल,शक्ति कुमार श्रेष्ठ, माधब दाहाल,महाप्रसाद खनाल,बल बहादुर परियार सहित नेपाली कला साहित्यलाई परदेशमा परिचित गराउने ओखलढुंगा सिद्दिचरण नगरपालिका सल्लेरीका एकराज तामाङ्गलाई समेत सम्मान गरिएको थियो ।

ओखलढुंगाको कला साहित्य क्षेत्रमै पहिलो पटक बिशाल कार्यक्रम गरेको भन्दै कार्यक्रममा सस्थाको प्रसंसा गरिएको थियो। कार्यक्रममा बोल्दै साम्सद यज्ञराज सुनुवारले अोखलढुङ्गा जिल्लाको बिकासमा अझ बढी जोड दिने र अोखलढुङ्गालाई साहित्य र कला तिर्थस्थलको बिकास गर्न आफु लागि पर्ने बताउनु भएको छ।


कार्यक्रममा शेर्पा समुदायको सेब्रु नाच सहित विभिन्न कलाकारहरूले आ-आफ्नो कला प्रस्तुत गरेका थिए भने सस्थाका सदस्य जितेन्द्र बानियाको गजल र गजल बाचनलाई सबैले मन पराएका थिए।

(कार्यक्रमको सम्पादित भिडीयो)

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी