कृषि मन्त्री खनालले दशैको शुभकामना दिँदै भने- होसियारी अपनाएर खानुहोला

132 Hits

काठमाडौं, २४ असोज ।
कृषि तथा पशु पंक्षि विकास मन्त्री चक्रपाणी खनालले दशैंको आम जनता र उपभोक्तालाई होसियारी अपनाएर खाद्यवस्तु उपयोग गर्न आग्रह गरेका छन् ।


बडा दशैं, दिपावली र छठ लगायतका पर्वहरुको शुभकामना प्रदान गर्न मन्त्रालयमा बुधबबार आयोजित कार्यक्रममा मन्त्री खनालले भने अनुगमनमा जाँदा देखेको र पाएको विवरण अनुसार म ढुक्क भएर खाद्य वस्तु खानुस भन्ने सक्ने अवस्थामा छैन ।

सरकारको एक प्रतिनिधि र  मन्त्रीको हैसियतमा यसो भन्नुपर्दा आफूलाई दुख लागेको बताए । उनले भने -‘म क्षमाप्रार्थी छु सरकारको तहबाट पनि अहिलेसम्म उपभोक्ताले ढुक्कसँग खाने खाद्य वस्तु दिन नसकेकोमा ।’
उनले सरकारले गर्दा गर्दै पनि विभिन्न कारणले ढिलाई भइरहेको जानकारी गराउँदै खाद्य सम्प्रभुता एने, मासु ऐन लगायतका ऐनहरु बन्ने प्रक्रियाले ढिला भएको बताए ।

उनले काठमाडौंमा भएका २० वटा राँगा काट्ने बधशालामा अनुगमनमा जाँदा अत्यन्त नाजुक अवस्था देखेकाले तालाबन्दी गरीदिएको बताए । उनले सरकारी स्तरबाट हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेको एउटा वधशालालाई सुचारु गर्न सक्ने हो भने दैनिक ३०० भन्दा वढि पशुहरुको व्यवस्थीत बध गराई मासु सप्लाई गर्न सकिने सम्भावना रहेकोले आफूले त्यसलार्य संचालन गर्नको लािग काम अगाडि वढाएको बताए ।

उनले कालीमाटि तरकारी तथा फलफूल बजारमा भद्रगोल अवस्था रहेकोले त्यसलार्य व्यवसथ्ीत गर्न बजारै खारेज गर्नुपर्ने जस्तो अवस्था सिर्जना भएको बताए ।
उनले अहिले खारेजीमा परेका ५७ मध्ये २५ वटाले अदालतमा गई स्टे अर्डर ल्याएकोले कार्यान्वयनमा लैजान असजिलो भइरहेको जानकारी गराउँद्यै आफूले जुन सुकै हालतमा पनि त्यो लागु गरिछाड्ने बताए ।
उनले विचौलियाहरुलार्य कुनै पनि हालतमा छुट दिन नसक्ने बताउँदै बजारमा रहेका खाद्यन्नहरुको गुणस्तर र उत्पादनको मापदण्ड असाध्यै चिन्ताग्रस्त अवस्थामा भएतापनि दुध र लेलमा भने धेरै सुधार भएको बताए । उनले खानेपानीमा पनि अनुगमन र कार्वाही पश्चात धेरै सुधार आएको दावी गरे ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी