डिएसपी मल्लले फेरे दरबारमार्ग क्षेत्रको पहिचान

178 Hits

काठमाडौं, २४ असोज ।
एक समय थियो दरबारमार्ग क्षेत्र भनेको सबैभन्दा वढि घुसखोरी र वेश्यावृत्तिको अखडा हो । दरबारमार्गमा जाने प्रहरी प्रमूखले तीन महिनामै करोडौं कमाउँछन् र दरबारमार्गको प्रहरी प्रमूख हुनको लागि करोडौंको चलखेल हुन्छ । तर अब यसले पहिचान फेरेको छ ।

अहिले दरबारमार्ग भनेको शान्त र सुरक्षीत गन्तव्य र मार्गको रुपमा स्थापीत भएको छ । प्रमूख पर्यटकीय क्षेत्र ठमेलसहितको दरबारमार्गको पहिचान फेर्न सफल भएको छ महानगरीय प्रहरी प्रभाग दरबारमार्गका प्रमूख तथा प्रहरी उपरिक्षक दान बहादुर मल्लको नेतृत्वले ।

मल्ल युनिट प्रमूखको रुपमा दरबारमार्ग छिरेको केही महिना मात्रै भएको छ । उनले यस बीचमा आफ्नो प्रहरी कमाण्ड कार्यालयभित्र मात्रै होइन आम सर्वसाधारणमा समेत जवरजस्त स्थापीत गर्न सफल भएका छन् । प्रहरी संगठनमा अत्यन्त कुशल अधिकृतका रुपमा स्थापीत मल्लले आफू दरबारमार्गमा आएदेखि नै सबैभन्दा पहिले संगठनभित्रका कर्मचारीहरुलाई जनताको सेवा र आफ्नो कर्तव्यको बारेमा प्रशिक्षीत गराए ।

जनता र प्रहरीको सम्वन्ध, तथा प्रहरीले खेल्ने भुमिकाको बारेमा उनले कर्मचारीलाई प्रशिक्षीत गराएपछि राष्ट्रप्रतिको दायीत्व र सेवाग्राहीसँगको व्यवहारमा रुपान्तरण ल्याउने विषयमा उनको ध्यान केन्द्रीत गरे । त्यसपछि उनले दरबार मार्ग युनिट अन्तरगत रहेको क्षेत्रमा हुने बेश्यावृत्ति, मापसे र तथा होहल्ला पूर्ण रुपमा बन्द गराउन कदम चाले । उनले मल्ल होटलमा आयोजीत डि जे पार्टी रोके भने ठमेल र दरबारमार्ग क्षेत्रमा जुवा, तास र अबैध धन्दा निमीट्यान्न पार्न सफल भएका छन् ।

अहिले ठमेल र दरबारमार्ग क्षेत्रमा रातीसम्म पनि निर्धक्क हिँड्नसक्ने वातावरण छ भने मापसे र वेश्यावृत्ति पुरै बन्द भएको छ ।

Loading...

Related News

डिएसपी मल्लले राेके मल्ल हाेटलकाे डिजे पार्टी

काठमाडौं । भड्किलो र अराजक प्रस्तुति रहने डिजे पार्टीलाई प्रहरिले राेक लगाइदिएकाे छ । राजधानीकाे ठमेलस्थित मल्ल हाेटलमा शनिबार  हुन…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी