घटस्थापनामै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

82 Hits

काठमाडाैं, २४ असाेज

दशैका अासपासमा धेरै सवारी दुर्घटना हुने गरेकाे विगत छ । अाज बाट दशैं शुरू भएकाे सामाचारसँगै सवारी दुर्घटनामा पनि वृद्दी भएकाे छ ।
काठमाडौं, चितवन, सर्लाही, पर्सा, रुपन्देही, अछाम र ललितपुरका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१५ सितापाईला चोकमा बा.२ ज २५६९ नम्बरको ट्याक्सीले बा.६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कलंकी बस्ने काभ्रे रोसी गाउँपालिका-१ का २३ वर्षीय निरज लामाको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय प्रकाश तामाङ घाइते भएकाले ट्रमा सेन्टरमा उपचार भईरहेको छ भने ट्याक्सीमा सवार स्याङ्जा भिरकोट नगरपालिका-६ का ३१ वर्षीय खगेन्द्र थापा घाइते भएकाले न्यूरो अस्पताल बाँसबारीमा उपचार भईरहेको छ । दुवै सवारी साधन र ट्याक्सी चालकलाई प्रहरीको ‍नियन्त्रणमा लिएको छ ।

चितवन भरतपुर महानगरपालिका-१ लिलाचोकमा ना.७ ख ११११ नम्बरको बसले ना.३८ प ८०८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका मोटरसाइकल चालक करिब २५ वर्षीय पुरुषको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । सवारी साधन र बस चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

सर्लाही बागमती नगरपालिका-१ मिलन चोकमा ना. ५ ख ११०४ नम्बरको बसले सोही ठाउँ बस्ने टेकबहादुर थापाको ९ वर्षीया छोरी सुस्मिता थापालाई बाटो काट्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएकिले उपचारको लागि चुरेहिल अस्पताल मकवानपुर पठाइएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । सवारी साधन र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

पर्सा वीरगंज महानगरपालिका-२१ ड्राईपोर्ट सडकमा को.१ त ४९२० नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २१ वर्षीय समिर खानलाई गण्डक अस्पतालतर्फ पठाइएकोमा मंगलबार बाटोमै मृत्यु भएको हो । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देही बुटवल उपमहानगरपालिका-११ श्रीजनानगरस्थित सडकमा रोकी राखेको ग.१ त २२६४ नम्बरको ट्याक्टरमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका लु.२२ प ८३९८ नम्बरको मोटरसाइकल चालक पाल्पा रैनादेबी छहरा गाँउपालिका-३ बस्ने २३ वर्षीय दानबहादुर कुमालको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २० वर्षीय बिष्णु बहादुर कुमाल घाइते भएकाले सोही अस्पताल हुँदै मेडिकल कलेज भैरहवा पठाएइको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अछाम तुर्मखाद गाउँपालिका-७ कालिखोलामा से.२ त ८८३ नम्बरको ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने १८ वर्षीय जगत बैक ट्रयाक्टरबाट खस्न गई मंगलबार घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर ललितपुर महानगरपालिका-१५ हात्तिवनस्थित सडकमा बा.१८ च ३१७४ नम्बरको हात्ती गाडीले बा.५१ प ५९३१ नम्बरको मोटरसाइकल र बा.७६ प ८६९५ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा बा.५१ प ५९३१ नम्बरका मोटरसाइकल चालक गोदवारी नगरपालिका-३ मानेडांडा बस्ने २४ वर्षीय राजेश विशंखु गम्भीर घाइते भएकाले बि एण्ड बि अस्पताल ग्वार्को पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा बा ७६ प ८६९५ नम्बरका मोटरसाइकल चालक धापाखेल बस्ने ३८ वर्षीय निरोज ठकुर समेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Loading...

Related News

बझाङमा जीप दुर्घटना २ को मृत्यु, १२ जना घाइते

डडेल्धुरा । बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट…

ट्रक र माइक्रो ठोक्किंदा ६ जनाको मृत्यु, १६ घाइते

नेपालगञ्ज २० असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस ठोक्किंदा ६ जनाको मृत्यु भएको…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी