फ्लोरिडा र आसपासका क्षेत्रमा माइकल आँधी आउने सम्भावना

124 Hits

बीबीसी-

काठमाडौ, २४ असोज –
अमेरिकाको फ्लोरिडा र आसपासका क्षेत्रमा बुधवार माइकल आँधी आउने भयबीच दशौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ लाग्न आदेश दिइएको छ।

मेक्सिकोको खाडीबाट अमेरिकाको फ्लोरिडातर्फ माइकल नाम दिइएको विनाशकारी आँधी अघि बढिरहेको बताउँदै अधिकारीहरूले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन वा सुरक्षित स्थानतर्फ जाने आदेश दिएका छन्।

बुधवार अमेरिकी भूभाग पुग्ने ुतेस्रो वर्गुको त्यो आँधीले झण्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा हुरी ल्याइरहेको बताइएको छ।

माइकल आँधीले एयालाबामा, फ्लोरिडा र जर्जिया राज्यका भूभागमा क्षति पुर्‍याउन सक्ने अनुमान गरिएको छ।

क्षति
त्यो आँधीका कारण मध्य अमेरिकाका विभिन्न स्थानमा कम्तीमा १३ जनाको ज्यान गइसकेको बताइएको छ।

माइकल आँधी अघि बढ्दै गर्दा फ्लोरिडाका अधिकारीहरूले त्यो राज्यको उत्तर पश्चिमी तटीय क्षेत्रमा बसोबास गर्ने मानिहसरूलाई सतर्क रहन चेतावनी दिएका छन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का