आइसिसि विश्व टी ट्वान्टीमा नेपालले जित्यो चिनलाई

76 Hits

काठमाडौं ।
आईसीसी विश्व टी(ट्वान्टीमा नेपालले चिनलाई पछारेको छ । एसिया छनोट समूह ‘बी’ मा नेपालले चीनमाथि विजय प्राप्त गरी लगातार पाँचौ जित निकालको हो ।  बुधबार भएको खेलमा चीनलाई १० विकेटले हराएर नेपालले अपराजित यात्रा कायम राखेको हो ।

क्वालालम्पुरस्थित वायुमस ओभलमा चीनले दिएको २७ रनको लक्ष्य नेपालले १ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।नेपालको जितमा ओपनर विनोद भण्डारीले अविजित २४ र प्रदिप ऐरीले पनि अविजित ४ रन जोडे । विनोदले ८ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन जोडेको थियो । चीनका होङ जियाङ यानले सर्वाधिक ११ अंक जोडे । त्यस्तै डेनज्ही माले ५ रन जोड्दा चेन जीङफेङले १ रन बनाए । चीनका अन्य ७ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।

नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशीले समान ३र३ विकेट लिए । एसिया छनोटको दोस्रो चरणमा पुगिसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सिंगापुरसंग खेल्नेछ । जितसंगै छनोटमा नेपाल ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । यता, चीन भने ५ खेलमा चार हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ ।

नेपालको अन्तिम प्रतिद्वन्द्वी सिंगापुर ४ खेलबाट ८ अंक जोडेर दोस्रो स्थानमा छ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।अष्ट्रेलियामा हुने टी(ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।

Loading...

Related News

१८ वर्षमै सन्दीपले पाएको यो सफलता : पाकिस्तान सुपर लिगमा छनौट, ५० हजार डलर मूल्य

काठमाडौं, ५ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने १८ वर्षको उमेरै सबैभन्दा महंगो नेपाली खेलाडि बन्न…

तेक्वान्दो संघलाई राखेपको सात दिने चेतावनी

काठमाडौँ, २८ कात्तिक / राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी