हुवावेले गर्छ अनुसन्धान र विकासमा मात्रै साँढे ९ अर्ब खर्च

129 Hits

एजेन्सी
काठमाडौं, २४ असोज ।
विश्वमा चर्चित चिनियाँ ब्रान्ड हुवावेले आफ्नो उत्पादनको अनुसन्धान र विकास ९आर एन्ड डी०मा मात्र वार्षिक साढे ९ अर्ब रुपैयाँ लगानी गर्छ । यो रकम आर एन्ड डीलाई खासै महत्व नदिने नेपालजस्तो मुलुकको वार्षिक बजेटको झन्डै ९० प्रतिशत रकम हो ।

हुवावेले आर एन्ड डीलाई दिएको महत्वकै कारण कम्पनीको वार्षिक आम्दानी करिब ९० खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । आफ्नो आम्दानीको १० प्रतिशत रकम कम्पनीले अनुसन्धान र विकासमा खर्च गर्ने गरेको हुवावे कन्ज्युमर बिजनेस ग्रुपका ग्लोबल प्रडक्ट मार्केटिङ प्रमुख क्लेमेन्ट वाङले बताए ।
हुवावेको कन्ज्युमर, नेटवर्क र बिजनेससमेत सबै क्षेत्रको कुल आम्दानी वार्षिक करिब ९० अर्ब ५० करोड अमेरिकी डलरबराबर पुगेको छ,’ उनले भने, ‘यसको न्यूनतम १० प्रतिशत रकम हामी आर एन्ड डीमा लगानी गर्छौँ ।’

हालसम्म हुवावेका विश्वभर गरी १ लाख ८० हजार कर्मचारी पुगिसकेका छन् । त्यसमध्ये ८० हजार कर्मचारी अनुसन्धान र विकास ९आर एन्ड डी०सँग सम्बन्धित रहेको उनले जानकरी दिए । हुवावेको चीनबाहेक विश्वका १४ मुलुकमा अनुसन्धान र विकास (आर एन्ड डी) केन्द्र रहेका छन् । जसमा १० हजार कर्मचारी कार्यरत छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी