नेविसंघमा ३२ वर्षे उमेर हदले कांग्रेसमा भाँडभैलो, ४ नेताले लेखे नोट अफ डिसेन्ट

66 Hits

काठमाडौं ।

नेविसंघमा ३२ वर्षे उमेर हदले कांग्रेसमा भाँडभैलो, ४ नेताले लेखे नोट अफ डिसेन्ट लेखेका छन् । नेपाली काँग्रेसको केन्द्रीय समितको बैठकमा चार जना नेताले नोट अफ डिसेन्ट लेखेका हुन् ।


नेपाल विद्यार्थी संघमा ३२ वर्षको उमेरहदलगायत विरुद्ध चार शीर्ष नेताले राखेको लिखित असहमति नेपाली कांग्रेसको बैठककै दुर्लभ घटना मानिएको छ । संस्थापनइतरको नेतृत्वले असहमति जनाउनु साधारण मानिए पनि विभिन्न समूहको नेतृत्व गरेका नेताले संयुक्त रूपमा लिखित असहमति राखेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला, प्रकाशमान सिंह र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले केन्द्रीय समितिको बहुमतको निर्णय अघि लिखित असहमति (नोट अफ डिसेन्ट) राखेका थिए । केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेर हद तोक्दै नेपाल विद्यार्थी संघको विधानलाई पास गरेको थियो ।

शीर्ष तहका नेता नै कांग्रेसको इतिहासमा पहिलोपटक लिखित असहमति राख्दै निर्णयका विरुद्ध ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिएका थिए । यही विषयमा विवाद हुँदा मध्यरातसम्म बैठक निर्णयमा पुग्न सकेको थिएन । नेपाल विद्यार्थी संघको आगामी १२औं महाधिवेशनका विषयलाई लिएर कांग्रेसले नयाँ विधान पारित गरेको हो । संस्थापनइतर पक्षका नेताहरू विधि र प्रक्रिया नाघेर एकतर्फी रूपमा एजेन्डा नै नदिई बैठकमा एकैपटक निर्णय ल्याइएको भन्दै रुष्ट भए ।

सभापति शेरबहादुर देउवासहित धेरैजसो संस्थापन पक्षधर नेताले विधानमा उमेरहद लगाउने निर्णय बहुमतले पारित गरेका थिए । नोट अफ डिसेन्ट लेखेका मध्येका पूर्वसहमहामन्त्री केसीले भने, ‘भ्रातृ संगठनको विधान उसैले बनाएर पठाउने हो, पठाइएको विधान फेरेर ल्याएका कारणले हामीले असहमति राखेका हौं ।’
विधान अध्ययनका लागि समय माग्दा संस्थापन पक्षले नदिएको बताएका केसीले बहुमतमा आडमा प्रस्तुत गर्नासाथ पास गरेको बताए । बैठकमा सहभागी केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेलले शीर्ष तहका नेताको असहमति उमेरहदका विषयमा भन्दा पनि प्रक्रियामा रहेको जनाए । ‘असहमति उमेर हदसँग मात्रै जोडिएको होइन, कन्टेन्टमा असहमति पनि छैन, प्रक्रियामा असहमति हो,’ पौडेलले थपे, ‘बैठकको एजेन्डा केन्द्रीय सदस्यलाई थाहा नदिई एकैपटक भटाभट बाँडियो, सहमत हुने अवस्था आएन ।’

बैठकमा निर्देशक समितिका संयोजक एवं सहमहामन्त्री प्रकाशशरण महतले विधान पेस गरेपछि बहुमतले पारित गरिएको थियो । नेता पौडेलका अनुसार ११ जनाको निर्देशक समिति छ । समितिलाई नेविसंघभित्रको विवाद मिलाउने जिम्मेवारी मात्र दिइएको थियो । तर, संयोजक महतले म्यान्डेडविपरीत विधान बनाएर बैठकमा लगेको पौडेलले बताए ।

संस्थापन पक्षले भने नेविसंघको ११औं महाधिवेशनबाट स्वीकृत विधानमा १२औं महाधिवेशनबाट ३२ वर्षे उमेर हद लागू गर्ने उल्लेख भएको जनाएको छ । नेविसंघको वर्तमान कार्यसमितिको थपिएको तीनमहिने म्याद २ मंसिरमा सकिँदै छ । नेविसंघको अध्यक्षका लागि थुप्रै नेता आकांक्षी छन् । उमेरहद लागू भएपछि धेरै नेताको सभापति बन्ने सपना भताभुंग भएको राजधानीमा खबर छ ।

Loading...

Related News

कांग्रेसमा पार्टी सदस्यका लागि खुला आवेदन माग्ने बहस, के होला ?

काठमाडौं, २१ मंसिर– कांग्रेसमा खुला सदस्यता दिएर पार्टीप्रति आकर्षण बढाउनुपर्ने बहस सुरु भएको छ । विधान मस्यौदामाथिको छलफलमा भाग लिँदै अधिकांश नेताहरूले…

कांग्रेसमा धर्म-युद्ध

-श्रीकृष्ण अनिरुद्र गौतम- अचेल नेपाली कांग्रेसमा राष्ट्रियता, लोकतन्त्र, समाजवादभन्दा महत्त्वपूर्ण र चर्चित मुद्दा हो– धर्म । यसको ठूलो पंक्ति ‘पार्टीले धर्म…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी