विवाहको निधो गर्दै कपिल शर्मा, जान्नुहोस् कोसँग कस्दैछन् लगन गाँठो ?

126 Hits

काठमाडौँ – कमेडियन कपिल शर्मा टिभीमा पुनः फर्कने निश्चित भएको छ । कपिलले ट्वीटरमा पुनः आफ्नो पुरानो शो ‘द कपिल शर्मा शो’ लिएर आउने घोषणा गरेका छन् । खबरका अनुसार सोनी च्यानलमै आउने उक्त शोमा भारती सिंह र कृष्णाले कपिललाई साथ दिने भएका छन् ।

यसैगरी अहिले कपिल विवाहको विषयलाई लिएर चर्चामा छन् । भारतीय मिडिया मुम्बई मिररका अनुसार कपिल शर्मा आफ्नी प्रेमीका गिन्नी चतराथसँग विवाह बन्धनमा बाँधिने भएका छन् । यी दुइले आउँदो डिसेम्बरमै लगन गाँठो कस्न लागेका हुन् ।

‘द कपिल शर्मा शो’कै क्रममा सहकर्मी सुनील ग्रोवरका साथ झगडा भएका बेला कपिलले गिन्नीका बारेमा राज खोलेका थिए । उनले सामाजिक सञ्जालमा गिन्नीसँग फोटो शेयर गर्दै आफूले उनले धेरै माया गर्ने बताएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी