दिल्लीमा कसरी हुन्छन् नेपाली युवती बन्धक ?

77 Hits

नेपालबाट युवती तस्करीको बढ्दो ग्राफ देखेर भारतीय सुरक्षा अधिकारीहरु हैरान भएका छन् । भारतका गैर सरकारी संगठन र मानवअधिकार कार्यकर्ताहरुले भनेका छन् कि हरेक दिन नेपालबाट ५० भन्दा बढी युवतीहरुलाई तस्करी गरेर भारतको राजधानी दिल्ली लगिन्छ । त्यहाँबाट उनीहरुलाई अलग अलग च्यानल र रुट प्रयोग गरेर खाडीका मुलुकमा पठाइन्छ ।

२०७२ सालमा नेपालमा आएको भूकम्पपछि नेपाली युवतीहरुको तस्करी हुने ग्राफ बढेको हो । भारतीय प्रहरीको रिर्पोट अनुसार ‘दिल्ली’ नेपाली युवतीहरु तस्करी गर्ने मुख्य अखडा बनेको छ, जहाँ हरेक दिन नेपालबाट लगिएका युवतीहरुलाई बन्धक बनाएर राखिन्छ र त्यसपछि खाडीका देशहरुमा बेचिन्छ ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति जयहिंदले भनेकी छन् कि उनको समूहले २०१५मा दिल्लीबाट मात्रै ५ सय ६० युवतीहरुलाई उद्धार गरिएको थियो जसमध्ये ६० युवती नेपाली थिइन् । र हालै दिल्लीको मुनिरका, मैदानगढ़ी र पहाड़गञ्जमा गरिएको रेस्क्यू अभियानमा पक्राउ परेका अधिकांस युवतीहरु नेपालबाट तस्करी गरेर ल्याइएको थियो ।

नेपाली सीमामा तैनाथ सुरक्षाअधिकारीहरु भन्छन् तस्करहरुले तस्करी हुँदै गरेका युवतीहरुलाई यती प्रभाव पारेका छन् कि उनीहरुलाई पक्राउ गर्दा समेत तस्करहरुका बारेमा कुनै सूचना दिन मान्दैनन् । तस्करको पहिचान दिने कुरा त टाढाकै विषय भयो उनीहरु आफ्नो बारेमा समेत सत्य बताउँदैनन् ।

नेपालबाट भारत पुग्नुभन्दा अगाडि नै तस्करका एनेज्टहरुले युवतीहरुको पासपोर्ट लगिसकेका हुन्छन र दिल्ली पुगेपछि मात्रै उनीहरुलाई पासपोर्ट दिइन्छ र त्यहाँ नै उनीहरुलाई कुन देशमा पठाउने भन्ने निधो हुन्छ । दिल्लीमा केही यस्ता इलाका छन जहाँ नेपालबाट तस्करी गरेर लगिएका युवतीहरुलाई कैद गरेर राखिन्छ ।

उनीहरुलाई प्राय: पहाड़गञ्ज, लक्ष्मी नगर, गोबिन्दपुरी र दक्षिण पश्चिम दिल्लीको ग्रामीण इलाकामा राखिन्छ । भारतीय प्रहरीका अनुसार दिल्लीमा ब्यूटी पार्लर र मसाज सेन्टर चलाउने नेपालीहरु युवती तस्करीको धन्दामा छन् ।

ब्यूटी पार्लर र मसाज सेन्टरको आडमा यो धन्ना फस्टाइरहेको प्रहरीको दाबी छ ।  प्रहरीका एक अधिकारी भन्छन्, ‘नेपाली युवती तस्कर गर्ने गिरोहका सदस्यहरु सबैभन्दा पहिला ती युवतीहरुको तस्बिर पत्ता लगाउछन् जो खाडी मुलुक जान उत्सुक छन्। त्यसपछि तस्बिरहरु यूएईमा काम गरिरहेका एजेन्टहरुलाई पठाइन्छ र तस्बिर हेरेरै युवतीहरुको मुल्य तय हुन्छ । यसरी पठाइएका युवतीहरुलाई खाडी पठाएपछि दलाल र तस्करहरु, उनीहरुसँग सम्पर्कबिहीन हुने गरेका छन् ।’

 श्राेत: आजतक

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी