ओखलढुंगा खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स सेवा शुरुगर्यो

64 Hits

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको छ । गत आर्थिक वर्षको गाउँपालिका बजेटबाट खरिद गरिएको एम्बुलेन्सले बिरामीलाई सहज रुपमा अस्पतासम्म पु¥याउनको लागि सेवा शुरु गरेको हो ।

दुर्गम गाउँका नागरिकलाई समयमै अस्पतालमा पु¥याएर उपचारमा सहयोग गर्ने उद्देश्यले ल्याईएको एम्बुलेन्सले सेवा दिन थालेको गाउँपालिकाका लेखापाल टेकनारायण यादवले जानकारी दिए । उनका अनुसार एम्बुलेन्स सेवा शुरु भएको केही दिन यता खिजीदेम्बा क्षेत्रका नागरिकलाई उपचारका लागि जिल्ला बाहिर र राजधानीका अस्पतालसम्म पु¥याउन सहज भएको छ ।
गाउँपालिकाले ल्याएको एम्बुलेन्स प्रयोग गर्न पाएपछि खिजीदेम्बाका स्थानीय खुशी भएका छन् । आफन्त बिरामी हुँदा सक्नेले राजधानी लैजान हेलिकप्टर चार्टर गर्ने र नसक्नेले डोको, स्टेचरमा बोकेर उपचारका लागि नजिकैका स्वास्थ्य संस्था लैजानुपर्ने बाध्यता थियो ।
१० लाख १२ हजार ४ सय लागतमा खिजीदेम्बाले एम्बुलेन्स खरिद गरेको हो । नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गर्ने खिजीदेम्बा गाउँपालिका ओखलढुंगाको पहिलो स्थानीय तह हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी