राहत शिक्षकको अहिलेसम्मकै ठूलो प्रदर्शन, बिस हजार भन्दा वढि सहभागि

114 Hits

काठमाडौं,२२ असोज ।
राहत शिक्षकको रुपमा शिक्षण पेशामा सहभागि शिक्षककहरुले हालसम्मकै ठूलो प्रदर्शन राजधानीमा गरेका छन् ।

सरकारले अस्थायी शिक्षकहरुलाई स्थायी गर्ने प्रक्रिया शुरु गरेपछि आफ्ले खाईपाइ आएको जागिर नै गुम्ने देखेर उनीहरुले आन्दोलन गरेको आरोप खेपेका उनीहरुले आफूहरु गणस्तरिय शिक्षाको पक्षमा रहेको दावी गरेका छन् ।
आइतबार राजधानीको माइतिघर मण्डलादेखि बानेश्वरसम्म दिनभर प्रदर्शनमा उत्रिएका राहत शिक्षकहरुको उपस्थिति देख्दा लाग्थ्यो उनीहरुको शान्तिपूर्ण आन्दोलनलाई सम्वोधन नगरे ठूलै दुर्र्घटना हुन सक्छ ।
करिब २० हजारको संख्यामा सहभागि राहत शिक्षकहरुले गुणस्तरीया शिक्षा कायम गर्नुपर्ने, राहत शिक्षकलाई विकल्प दिइनुपर्नेलगायतका माग राखी जुलुस र र्याली प्रदर्शन गरेका थिए । सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएका विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो । देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको समितिको दाबी छ । विभिन्न संस्था र विद्यालयको निजी स्रोतबाट राहत शिक्षकले तलब सुविधा पाइरहेका छन् ।

हेर्नुहोस भिडियोसहित तस्वीरहरु

 

 

 

 

Loading...

Related News

के यहि तरिकाले हुन्छ बालबालिकाकाे विकास ?

काठमाडौं, २४ मंसिर — शिक्षामा निजिकरणकाे असर बालबालिकाकाे मनाेविज्ञानमा गम्भीर असर परेकाे छ । शिक्षाकाे नाममा खाेलिएका निजी स्कुलमा विद्यार्थीले…

सम्बन्धनविरूद्द नेविसँघले लगायाे त्रिविमा ताला, के भन्छन् अखिल ?

काठमाडौँ, १९ मङ्सिर- प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कक्षमा ताला लगाइएको छ ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी